Friday, September 18

डलरको भाउ बढेको बेला, घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ ?

आज सुनको मुल्य तोलामा ३ सय रुपैयाले घटेको छ । सोमबार प्रतितोला ५९ हजार २ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ३ सय रुपैयाले घटेर ५८ हजार ९ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार ६ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।सोमबार प्रतितोला ७ सय ५० रुपैयामा कारोबार भएको चाँदीको मुल्य आज १० रुपैयाले घटेर आज तोलामा ७ सय ४० रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।