Thursday, October 1

महान चाड बडादशैं भोलिबाट सुरु,घटस्थापनाको शुभ साईत कति बजे छ त ? हेर्नुहोस

काठमाडौँ। नेपालीहरुको महान चाड बडादशैँ भोलिबाट सुरु हुँदै छ। हिन्दू धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म दशैं मनाउने गर्छन् ।

वडा दशैंको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। यस दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले भोलीको दिनलाई घटस्थापना भन्ने गरिएको हो। यस् दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरि विजया दशमीको दिन दुर्गा देवीको प्रसाद लगाउने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसपाली घटस्थापनाको शुभ साईत भने असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा र फूलपाती भित्र्याउने सहित बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समेत समितिले जानकारी गराएको छ। कार्तिक ७ गते दशैंको अन्तिम वा क्रोजागत पूर्णिमाको दिन भने जतिबेला पनि जमरा सेलाउन।