Monday, September 28

चर्चित गीत ‘मन मगन’ पछि  अर्को दमदार गीत ल्याए दीपक बज्राचार्यले (भिडियो सहित)

गायक दीपक बज्राचार्यले लोक–पप गीतमा आफ्नो छुट्टै छाप राखेका छन् । पछिल्लो समय उनका ‘सानी’ ‘मन मगन’ र ‘अल्लारे गीतले स्रोतासमक्ष बेग्लै छाप राखेका उनी फेरि नयाँ गीतमार्फत् स्रोतासामु देखिएका छन् ।

यसपटक भने उनी छतमा बसेर छिमेकी जिस्काउन लागिपरेका छन् । छतमा गितार बोकेर बसेका उनले अर्को छतमा बसेर तान बुनिरहेकी युवतीलाई जिस्काउँदै ‘वर पर’ बोलको गीत ल्याएका हुन् ।

सोमबार सार्वजनिक लिरिकल भिडियोमा उनको आफ्नै स्वर तथा संगीत रहेको छ भने रिक्की शाक्यको शव्द रहेको छ । यस्तै सो गीतमा रिदम ब्याण्डको एरेन्ज रहेको छ । भिडियो हेर्नूहोस।