Tuesday, September 29

बच्चा लगिदियो भन्दै रुदै सिधाकुरा लाईभमा आईन आमा !नवलपरासीमा दलित परिवारका व्यक्तिलाई स्वास्थ्य चौकीमै प्रवेशमा रोक ! (भिडियो सहित)

नवलपरासी । छुवाछुतविरुद्ध जति कडा कानुन बने पनि कार्यान्वयनको पाटो फितलो हुँदा समाजमा अहिले पनि फरक फरक ढङगबाट छुवाछुत भइरहेकै छ । नवलपरासीको पालिनन्द गाँउपालिकाका डुम समुदायले भोगेको छुवाछुतको पीडाले फेरी एक पटक सरकारी निकाय देखि सार्वजनिक स्थानमा हुने छुवाछुतको पराकाष्ट बाहिर आएको छ ।

यो पालिनन्द गाँउपालिका ४ मा रहेको पाल्ली सामुदायीक प्राथमिक स्वास्थय चौकी । मानिस जिवन बचाउन खोलिएका स्वास्थ्य चौकीमा पनि छुवाछुत हुन्छ । स्वास्थ्य चौकीहरुमा डुम समुदायका बिरामीहरु ढोका बाहिरैबाट नाम टिपाउँछन्, कसैले भित्र बसेका चिकित्सकलाई उनिहरुको स्वास्थ्य समस्या सुनाइदिन्छन् र उनलै यस्तो औषधि खानु रे भन्दै जवाफ सुनाउँछन् ।

जस्तै यी डुम समुदायका युवा यहाँ उपचार लागि पुग्छन् । झ्याल बाहिर नाम टिपाउँछन् र यो गेटमा स्वास्थ्यकर्मी सल्लाह कुरेर बस्छन् ।

यति मात्रै होइन, पाललिनन्द गाँउपालिका ४ का चिया पसलमा समेत अन्य समुदायका मानिसलाई स्टीलका कपमा दिइने चिया डुम समुदायका मानिसलाई भने प्लाष्टीकका कपमा दिइन्छ ।

यहाँ डुम समुदायका व्यक्तिहरु कथित उपल्लो समुदायका मानिसबाट पानी भर्ने धारोदेखि स्वाथ्य संस्थासम्मकै दैनिक यसरी छुवाछुतको अमानविय हर्कत सहन बाध्य छन् । स्थानीय निकायबाट निर्वाचित जनप्रतिनिधिहरु यी सबै घटनावारे जानकार भएपनि दलित समुदायका लागि केहि बोल्दैनन् । भिडियो हेर्नूहोस।