Tuesday, September 29

समाजसेवी इशा गुरुङको सम्मानमा नीलमणिले गाए यो गित (भिडियो सहित)

काठमाडौँ, नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्।

यस्तै लोक संगीतमा निरन्तर लागि रहेका लोक दोहरी गायक निलमनी भण्डारीको बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण दर्शक महानुभाव हरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यकर्म ”रोधीघर लाइव” । यसै रोधीघरले आज समाज सेवी इशा गुरुङ को सम्मानमा एउटा मर्म स्पर्शी गित रचना गरि लाखौ लाख दर्शक हरुको माझ पस्किने जमर्को गरेको छ ।

को हुन् इशा गुरुङ 
बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि सामाजिक अभियन्ता मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् ।

अहिले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाई ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण भएको थियो। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन । भिडियो हेरौ :