Tuesday, September 29

उदितनारयण झाँका छोराको गीतमा केकी र पुष्पलको प्रेम (भिडियो सहित)

नेपाल र भारतमा एक परिचय बनाउन सफल भएका गायक उदितनारयण झाँका छोरा आदित्यनारायण झाँको पहिलो नेपाली आधुनिक गीत ‘फूल जस्तै ..’सार्वजनिक भएको छ । बलिउडका थुप्रै गीतमा स्वर भरेका आदित्यले नेपाली आधुनिक गीतमा भने पहिलोपटक आवाज दिएका छन ।

मनि शर्मा रिजालको शब्द रहेको यस गीतमा शिखर सन्तोष संगीत भरेका छन् । गीतको लिरिकल भिडियोलाई स्रोता र दर्शकहरुले अत्याधिक मन मनपराए पछि उक्त गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ ।

सञ्जय बरालको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा नायक पुष्पल खड्का र नायिका केकी अधिकारिको अभिनय देख्न सकिने छ । पुष्पल र केकीलाई प्रेमी प्रेमिकाको भूमिकामा देखिएको छ । भरत रेग्मीको सम्पादनमा रहेको उक्त भिडियोलाई बुद्ध थापाले छायाङकन गरेका हुन् ।भिडियो …