Saturday, September 19

दुई महिना पछि जाँदा अशोकको घरमा यस्तो परिबर्तन देखियो , आजकल आमा बुबा यस्तो काम गर्दै छन् (भिडियो सहित)

झापाका एक चर्चित बाल गायक अशोक दर्जीलाइ नचिन्ने सायद कम मानिस मात्र होलान । युटुबमा अत्यन्तै चर्चा बटुलेका बाल गायक अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलो रिलिज भएपछि उनको चर्चा अझ बढी चुलियो ।

अशोक दर्जी पछिल्लो समय नेपालमा भाइरल भएका बालक मध्येका एक हुन् । उनी यति भाइरल बनेकी सायदै अब अर्को कोही पात्र बन्ला । अशोक दर्जीलाइ देश विदेशबाट धेरै सहयोगी मनहरुले सहयोग गरेर अहिले अशोकको राम्रो घर बनेको छ ।भाद्र ४ गते अशोक दर्जीको घर हस्तान्तरण कार्यक्रम राखिएको थियो ।

घर हस्तान्तरणको कार्यक्रम सकिए लगतै गायक टंक बुढाथोकी , ए आर बुढाथोकी , अशोक दर्जीका साथै डिजे रुपक युएइ गएका छन् ।

देश विदेशबाट अहिले अशोकं दर्जी र टंक बुढाथोकीलाइ कार्यक्रमको धेरै माग आउने गरेको छ । अशोक दर्जीको घर हस्तान्तरण भएको करिब २ महिना पछि हाम्रो टिम जाँदा धेरै कुराहरु परिबर्तन देखिएको छ साथै अशोक दर्जीका बुबाले अन्य कुराहरु गरेका छन् । अशोक दर्जीका बुबा आमाले के गर्दैचन त आजकल ? तल भिडियोमा हेर्नुहोला ।