Wednesday, September 30

स्कुलबाट छोरा हरायो भन्दै रुदै रविलाई सहयोग माग्ने शोभाको वास्तविकता यस्तो रहेछ (भिडियो सहित)

सिधा कुरा जनताको यस अघिको शृंखलामा एक महिला शोभा खड्का आफ्नो छोरा स्कुल बाटै हराएको भन्दै रुदै कराउदै लाईभ आएर लामिछाने संग सहयोग मागिरहेकी थिइन। इनभेटिभ स्कुलबाट बेपत्ता भयो छोरो हरायो भन्ने ति महिला शोभाको वास्तविकता भने उनले भने भन्दा बिल्कुल फरक निस्कियो।

आफ्नो बच्चा स्कुलबाट बेपत्ता भएको भनिएका उनिहरु आफ्नै हजुरबा हजुर आमासँग नुवाकोटमा पुगेको पाइएको छ । यसरि ति महिलाले सामाजीक मा आएर रुदै आफ्नो बच्चा हराएको भन्ने कुरा गलत साबित भएको छ। विद्यालयमा दशै बिदा शुरु भएपछि बालबालिकाका बाबु सुरेन तामाङले परिवारका अन्य सदस्यसँग पठाइदिन भनेपछि बिद्यालयले उनका काका नेमा तामाङलाई जिम्मा लगाएको थियो ।

श्रीमान श्रीमतीको सम्बन्ध राम्रो नभएको कारण बच्चाहरु पिल्सिएका छन्। ति बच्चाहरुको हेरविचार र पालन पोषन बाबुले नै गरिरहेका छन्। बच्चाहरु पनि आमा संग भन्दा हजुर बुबा हजुर आमा संग बस्न मन्पराउछन। यसरि बच्चाहरु हरायो स्कुलले अरुलाई नै सुम्पिएर पठाइदियो भन्ने उनको तर्क गलत साबित् भएको छ।

यसरि सामाजिक संजालबाट सिधा कुरा जनताको नाम लिएर सहयोग माग्ने तर गलत बोल्ने काम गर्ने गरेको भने यो पहिलो पटक हैन यसघि पनि धेरै पटक भैसकेको छ। भिडियो हेर्नूहोस।

 
-न्यूज२४नेपालबाट