Sunday, September 20

नेपाल आईडलमा अमितको प्रस्तुतिले इन्दिरा जोशी धुरु-धुरु रोईन, सबैको आखा रसाए (भिडियो सहित)

काठमाडौ/ नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।हिजो नेपाल आइडलमा अमित बरालको प्रस्तुतिले सबैको मन छोयो ।जज इन्दिरा जोशी त झन धुरु धुरु रोईन । हेर्नुहोस् हिजोको प्रस्तुति भिडियो।