Wednesday, September 23

रुदै नक्कली दुख देखाउदै लाइभ आएर बास्तबिकता ढाट्नेलाई दिय यस्तो सुझाब ( भिडियो सहित )

जिबन सुखदुख को संगम हो। हामि सबैलाई कहिले सुख पर्छ त कहिले दुख त्यो संसार को नियम नै हो। दुख पर्दा अरु लाइ पुकार्ने र सहयोग माग्ने यो साधारण कुरा हो। अहिले हरेक कुरा सामाजिक संजाल मा हुने गरेको छ।

मानिसको अधिकांस समय सामाजिक संजाल ले खाइसकेको स्थितिमा अहिले कसैलाई जन्म दिनको सुभकामना दिन होस् वा कसैलाई केहि भन्न वा केहि देखाउन , संदेश दिन सामाजिक संजाल को ठुलो महत्व रहदै आएको छ। यस्तो आफ्नो दुख देखाउन र सहयोग माग्न समेत अहिले सामाजिक संजाल कै प्रयोग हुदै आएको छ। क्षण भरमा भाइरल हुने अनि सबै सामु पुग्ने कारण सामाजिक संजाल मा बोल्नु अघि विचार पुर्याउनु आबस्यक पर्छ।

अहिले धेरै मानिसहरु सामाजिक संजालमा आएर आफ्नो दुख पोख्ने गर्दछन अनि सहयोग माग्ने गर्दछन। यस्तो मा अधिकांस महिला हरु बढी रहेका छन्। देश तथा विदेश मा रहेका धेरै महिलाहरुले यस अघि पनि आफुलाई परेको दुख लाइ लिएर सामाजिक संजालमा आइरहेका छन्। उनीहरु क्षण भरमा गरिने शेयर का भरमा भाइरल बन्ने गरेका छन् तर पछिल्लो समय सामाजिक संजालमा रुदै दुख पोख्दै आउने महिलाहरु मध्ये कहिले भ्रम फैलाउने काम समेत गरेका छन्।

आफुले भने बमोजिम नहुदा आफुले चाहे जस्तो नहुदा उनि हरु अरुलाई भ्रममा पार्दै दुख देखाउदै रुदै सामाजिक संजाल मा प्रस्तुत हुने गर्दछन। यसरि नै केहि समय अघि देखि केहि यस्ता घटना हरु हुदै आएको देखिएको छ।

कसैले चर्चा का लागि र कसैले आफुले भने जस्तो नहुदा अरुलाई भ्रममा राख्दै सामाजिक संजालमा ढाटेर प्रस्तुत हुदा अरु को समय बर्बाद हुने गरेको छ। सहयोग गर्न अभियन्ता र रबि लामिछाने लगायतले उनीहरुको समस्या बुझ्न र समाधानमा लाग्न खर्च गर्ने समय बर्बाद हुने गरेको छ। जसले गर्दा बास्तबिक दुख मा परेको सहयोग को खाचो हुनेलाइ सहयोग गर्न समय नपुग्ने भन्दै रबि ले यस्ता दुख देखाउनेलाई सुझाब दिएका छन्। भिडियो हेर्नूहोस।