Saturday, October 24

विदेश पुगेर “वाउ नेपाल”की सोनीका रोकाया गहभरी आँशु पार्दै फेसबुक लाइभमा , रूधै पोखिन यस्तो पुरा (भिडियो हेर्नुहोस)

काठमाडौँ । नपाली युट्युबमा एउटा चर्चित नाम हो सोनीका रोकाया र वाउ नेपाल । मात्र डेढ वर्ष अगाडीबाट संचालनमा आएको उक्त च्यानलको सब्स्क्राईबर सोनिकाको कारण नै लाखौमा पुग्यो । उनको कार्यक्रम संचालन गर्ने फरक तरिका हेर्नकै लागी त्यहाँ दर्शक पुग्ने गर्दछन । उक्त च्यानलबाट उनि जति चर्चित छिन त्यति नै आलोचित पनि छिन । बझाङबाट धनगढी बसाई झर्दैगर्दा होटलमा टिभी देखेर अच्चममा परेकी सोनिका रोकायाले त्यहीबेला कुनै दिन टिभीमा देखिने सपना पालेकी थिईन ।

परिवारको इच्छा विपरीत नै विज्ञान विषयको अध्ययन छाडेर पत्रकारितामा प्लस टु गरेकी सोनिकाको रहर नेपाली चलचित्रमा नै स्थापित बन्ने थियो । बाल्यकालको त्यही सपना पूरा गर्न सोनिका ग्ल्यामर क्षेत्रमा आबद्द रहदै आएकी थिईन । बूढानीलण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गरेकी सोनिकाको परिवारको इच्छा डाक्टर, इन्जिनियर बनाउनमै थियो । तर बाबुआमाको सपना छोराछोरीले सबै पुरा गर्छन भन्ने हुन्न ।

सोनिकाको “वाउ नेपाल” जत्ति छिटो चर्चित बन्यो अब त्यो जिरोमा झर्ने भएको छ । किनकी उनि अब देश छोड्दै छिन । अर्का चर्चित युट्युबर भाग्य न्यौपानेसंग अन्तिम अन्तर्वार्ता दिदै उनले देश छोड्ने जानकारी दिएकी हुन् ।

सोनीका रोकाया विदेश पुगेपछि फेसबुक लाइभमा आएकी छिन् । उनलाई विदेश जादा पनि उस्तै गाली गलौज गरेको देखेर उनले गहभारी आँसु पार्दै त्यसो नगर्न आग्रह गरेकी छिन । उनले भिडियो शेयर गर्दै यो नै मेरो तपाईहरुलाई अन्तिम जवाफ भनेर लेखेकी छिन ।

भिडियोमा हेर्नूहोस।