Thursday, October 1

आजको राशिफलः बि.स. २०७५ साल असोज २७ गते शनिबार इश्वी सन् २०१८ अक्टुबर १३ तारीख…

आज श्री शाके १९४० बि.स. २०७५ साल असोज २७ गते शनिबार इश्वी सन् २०१८ अक्टुबर १३ तारीख आश्विन शुक्ल पक्ष चतुर्थी तिथी ०७ः०२ बजे सम्म पश्चात पञ्चमी तिथी अनुराधा नक्षत्र आयुष्मान योग भद्रा करण पश्चात वव करण चन्द्रमा वृश्चिक राशिमा सुर्य दक्षिणायन शरद ऋतु नवरात्र चतुर्थी प्राकृतिक बिपत्ति न्युनीकरण दिवस उपांगललिता व्रत –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अरुको कुरामा बिशेष ध्यान नदिनु होला । खानपानमा बिशेष ध्यान दिनुहोला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । समय राम्रो रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको बृद्यि हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । समय मध्यम रहनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । साधारण खर्च हुन सक्छ । सजग रहनु होला ।– ज्यो.पं. सरोज घिमिरे /