Thursday, October 1

१०० भन्दा बढी नेपाल प्रहरीसँग गायक टंक बुढाथोकिको नयाँ दशैं गीत बजारमा (भिडियो सहित)

१०० भन्दा बढी नेपाल प्रहरीसँग गायक टंक बुढाथोकिको नयाँ दशैं गीत बजारमा तलको भिडियो सहित …..

पछिल्लो समय चर्चामा रहेका गायक तथा संगीतकार टंक बुढाथोकिको स्वरमा सजिएको नया गीत ‘ दशैं ‘ सार्बजनिक भएको छ । नेपाल प्रहरीहरु संग बनेको दशैँ भिडियोमा लाइ टंक बुढाथोकिले आफ्नो स्वर दिएका छन् भने उनले आफ्नै च्यानल बाट रिलिज समेत गरेका हुन् ।

१०० भन्दा प्रहरीको अभिनय रहेको उक्त गीत लाइ
तथा संगीत जोतन महेताले दिएका छन् । नेपाल प्रहरीको जिबन र महान चाड दशैँ को बारेमा बनेको यो गीत अति नै राम्रो बनेको छ।

पछिल्लो समय अशोक दर्जीलाई धन बिनाको मन गीत गाउन दिएर अशोक लाइ रातारात चर्चित बनाए। अशोक दर्जीलाई उनले गरेको सहयोग सबैले खुलेरै प्रशंसा गरेका छन भने अहिले अशोक दर्जीको भविष्य पनि बनेको छ । अशोकको लागि घर समेत बनाइदिएका टंक त्यसपछि झन् चर्चामा मा आए। त्यस अघिनै चर्चामा रहेका टंक बुढाथोकी अहिलेको समयमा ब्यस्त संगीतकार र गायक बनेका छन् । अहिले टंक बुढाथोकी नयाँ गीतहरु बजारमा आउने क्रम जारि छ ।

त्यस्तै अशोक दर्जी र टंक बुढाथोकीको पहिलो गित मन बिनाको धन ठुलोको सफलाता पछी , टंक कै स्वर मा सजिएको यो अर्को गीत दशैंको बजारमा आएको हो । भिडियो हेर्नूहोस।