Friday, September 25

टुट्यो मिनराजको सपना, यसकारण भए मिनराज नेपाल आइडलबाट आउट ( भिडियो सहित )

नेपाल आइडलको टप १० को गाला राउण्ड चलिरहदा एक राम्रो प्रतिस्पर्धी एलिमिनेट भएका छन्। टप १० का लागि भएको प्रतिस्पर्धीमा सबै भन्दा बढी भोट पाउने प्रतिस्पर्धी पवन गिरि बनेका छन्। आजको एपिसोड रिजल्ट राउण्ड मा सबैको आखा मा आसु देखियो। मिनराज एलिमिनेट हुदा दर्शकको साथै हेर्ने अडियन्सको समेत आखा बाट आसु बगिरहेको थियो।

नेपाल आइडल टप १० का लागि बटम ३ मा क्रिसल कडेल, अस्मिता अधिकारि, मिनराज पौडेल परेका थिए। बटम ३ बाट अस्मिता अधिकारि र क्रिशल कडेल बटम ३ बाट बचेर सेफ जोनमा पुगे तर गोल्डन माइक जितेर गाला राउण्डमा प्रवेश गरेका मिनराज पौडेल टप १० बाट एलिमिनेट भए।

हजारौ प्रतिस्पर्धी मध्ये बाट छानिएर टप १० सम्म पुगेका प्रतिस्पर्धी मिनराजले अघिल्लो राउन्डमा गीत गाउन नपाएकै कारण उनि एलिमिनेट हुनु पर्यो । नेपाल आइडलमा गोल्डन माइक जित्न सफल बनेका र सिधै गाला राउन्डमा प्रवेश गरेका ४ मध्ये का एक प्रतिस्पर्धी मिनराज पौडेलको गला बस्दा उनले यो हप्ताको गाला राउन्डमा गीत गाउन सकेनन ।

उनको गला खराब भएका कारण उनको स्वर बसेको थियो जसका कारण उनको स्वर नै निस्केन। हिजो जब उनले गाउन सुरु गरे तब उनको स्वर बसेका कारण अनौठो सुनियो। सधै सुरिलो र मिठो सुनिने स्वर टप १० को गला राउण्ड मा उनले गीत गाउदा सबै उनको स्वर सुनेर छक्क र दङ्ग परे। तत्काल जज ले गाउन बन्द निर्देशन दिदै थप नगाउन र सकेको आराम लिन सुझाए।

हिजो को उक्त एपिसोड मिनराजले गीत नै नगाई भोटिंग मागेका छन्। अब दर्शकले मिनराजको अग्गिल्लो गायकी को आधारमा भोट गर्नु पर्ने थियो तर प्रसस्त भोट नपाउदा उनि बटम ३ मा पुगे । सबै जज स्टेज मै गएर मिनराजलाइ ढाडस दिदै दर्शकलाई भोटिंग गर्न आग्रह गरे पनि अरु प्रतिस्पर्धीको तुलनामा कम भोट पाउदा उनि टप १० मा एलिमिनेट भए। भिडियो हेर्नूहोस।