Friday, October 30

दक्षिण कोरियाको सीवीटी परीक्षा फर्म खुल्ने बारेमा सूचना…. सबैले एकपल्ट हेर्नुहोस

इपिएसमार्फत दक्षिण कोरियामा तीन वर्ष काम गरी नेपाल फर्केका कामदारलाई पुन: काम गर्न आउने कम्प्युटरमा आधारित परीक्षा (सीवीटी) यो वर्ष खुल्ने भएको छ ।

गत वर्ष स्थगित गरिएको सीवीटी (स्पेसीयल इपिएस टपिक) परीक्षा यो वर्ष २ पटक लिइने इपिएस सेन्टर नेपालले जनाएको छ । आगामी वर्षको लागि प्रतिबन्धित कामदारको लागि लिइने सीवीटी परीक्षाको फर्म अप्रिल महिनाको पहिलो साता र अगस्टको दोस्रो साता खुल्ने भएको छ ।

यस वर्षदेखि टोपिक लेभल, कार्यक्षमता र फर्किएको कामदारको समयावधिको आधारमा प्वाइन्ट पनि थपिने व्यवस्था गरिने छ । सन् २०१० जनवरी १ देखि नेपाल फर्केका कामदारले यो परीक्षामा सहभागिता जनाउन पाउने भएका छन् ।

३९ वर्षभन्दा मुनिका कामदारले परीक्षा दिन पाउने छन् । कोरियामा गैरकानुनी नबसेको र नेपाल फर्किंदा इन्छन विमानस्थलमा एलियन कार्ड बुझाएको हुनुपर्ने र प्रहरी काण्ड नपरेको कामदारले सीवीटी परीक्षा दिन पाउने मानव संशोधन कोरियाले जनाएको छ ।