Wednesday, September 30

पत्रकार रबि लामिछानेलाई जेल हाल्नुपर्छ ३ करोड नेपालीले हेर्नै पर्ने (भिडियो सहित्)

काठमाडौं । मुलुकले निर्वाचन सम्पन्न गरिसक्यो र निर्वाचनपछि मुलुक विकास हुन्छ भन्ने अड्कलबाजीहरु चलिरहँदा एउटा कुरा भन्न चाहान्छु । चाहे निर्वाचन होस् वा सरकार परिवर्तन होस् यो मुलुकको कुनैपनि मन्त्रालय सचिव बिहिन भएको छ र ? कुनै पनि विभाग महानिर्देशक विहिन भएको छ र ?

कुनै पनि कार्यालय प्रमुख बिहिन भएको छ र ? फेरी किन यो सरकार परिर्वतन,सत्ता समिकरणले विकास निमार्णलार्य प्रभाव पार्छन ? विषेश गरी संरचना निमार्णकै कुरा गराँै । यतिबेला सबै भन्दा बढि हुनुपर्ने सडक निमार्ण र सडक मर्मत कार्यको गति हेर्नुस त ?

 

न पानी पर्छ न आर्थिक बर्ष अन्त्यको चटारो । अहोरात्र काम गरेर सडक निर्माण वा मर्मत गरिनु पर्ने होइन ? तर मौसमले साथ दिदाँ समय लिएर काम ग¥यो भने त सडक राम्रो बन्छ, टिकाउ बन्छ र यसरी बलियो सडक बनायो भने फेरी सडक मर्मत भनेर खाने के शिर्षकमा ?

 

असार मसान्त वरपर रातारात काम हुन्छ, यतिखेर भने आराम चल्छ । अनि कसैलाई प्रश्न सोध्नुपर्छ जवाफहरु रेडिमेड छन् । विभाग मन्त्रालय कार्यालय सबका सबसँग जवाफ रेडिमेड छन् ।

 

विभाग मन्त्रालय कार्यालय सबका सबसँग जवाफ ओठैमा रेडि छ । ज्यादै बाठो, चिटिक्क मिलाएर, कुनै विवादमा नपर्ने गरी बोल्न सक्ने एक थान प्रवतmा राखिदिएपछि सकियो । सिष्टम राम्रो हुनु परेन,काम राम्रो हुनु परेन,सेवा उत्कृष्ठ दिनु परेन तर प्रवतmा गतिलो चाहियो जसले हात्ति पनि लुकाउन सकोस् ।

 

शहरको कुनै गल्लीको मिठाइ पसलेले बनाएको जेरीको टुक्रामा परेको झिंगाको अनुगमन हुन्छ,पसले जेल जान्छ,पसलमा ताला लाग्छ तर यो मुलुकका बाटाघाटा पुल आदिको अनुगमन कहिल्यै हुँदैनन् । कमजोर संरचना बनाउने ठेकेदार कम्पनी र तिनका मालिकहरुको लिष्ट कहिल्यै ब्ल्याक हुँदैन ।

 

न सडक बलियोे बन्न जरुरी हुन्छ न सामान टिकाउ र असल प्रयोग हुन जरुरी हुन्छ , न कमजोर संरचना बनाउनेहरुको लाइसेन्स खारेज हुन्छ न राज्यकोषको दोहन गरेर उधुम मच्चाउनेहरु जेल जान्छन् ।

 

उल्टै यस्ता मानिस र यिनका कम्पनीहरुले अझै ठुला ठेक्का पाउँछन, राजनीतिक दल छानी छानी चन्दा दिएर राजनीति गर्छन र जनताबाटै लुटेको पैसा बाँडेर चुनाव लड्छन्, जित्छन् मन्त्री बन्छन् र राज्यले दिएको गाडी घर र सुरक्षा पाएर फरर् झण्डा हल्लाउँछन् । जनता उनैले बनाएको खाल्डो र हिलोबाटोमा उसैलाई बोकेर गुडेको गाडीबाट उडेको धुलो खाइएला भनेर मास्क लगाएर हिँड्छन् बषौँ सम्म , चुपचाप र निरन्तर ।

हेर्नुहोस यो भिडियो  

यो भिडियो तपाइलाई कस्तो लग्यो , राम्रो लागे शेयर गर्न नभुल्नुहोला सधै हाम्रो फेसबुकपेजलाई लाइक गर्नु भाको छैन भने अहिले लाइक गरिहल्नुहोला , ताकी हाम्रा यस्तै रमाइला पोस्टहरु update लिनको लागि ..