Wednesday, September 23

हाँस्दाहाँस्दै पेट दुखेर हैरान हुने अहिलेसम्मकै उत्कृष्ट चुट्किला हरु

एउटी राम्री केटी बस स्टेशनमा बसको प्रतिक्षामा थिन , एक जना केटा पनि त्यही बस स्टेशनमा बसको प्रतिक्षा आयको थियो उसले त्यों केटीलाई देखेर,त्यों केटी संग बोल्नको लागी उ केटीको अगाडी गयो तर केटीले कुनै वास्ता गरिनन अनि केटीको अघि पछि तिन चार फन्को लगायो र केटीलाई भाऊ दिनलाई उ त्यहा बाट हिड्यो , एकै छीन पछि फेरे केटीको अगाडी आएर भन्यो तपाईले मलाई चिन्नुभयो त ? केटी दंग पर्दे चिनिननि त ! केटो कस्तो तपाई त अघि भखर तपाई को अघि पछि तिन चार फन्नको लागाएको म त होनी …!

घर बाहिर पञचे बाजा सँगै बिहे गएको देखेर छोराले बाबुसँग सोधयोः बा तपाइको नि बिहे भको है बा?
बाः हो छोरा।
छोराः तपाइको बिहेमा नि पञचे बाजा बजाको थियो?
बाः थियो नि।
छोराः जनति नि थियो?
… बाः थियो।
छोराः बेहुली नि थियो? बाःबेहुली नभइ बिहे हुनछ त लाटा?थियो नि।
छोराः तेसो भए तपाइको बेहुली खै त? बाःल तेरै आमा त हो नि।
छोराः ए तपाइले त आफनै घरको मानछे पो बिहे गर्नु भछ।
।।

शिक्षक – २० लाई ५ ले भाग गर्दा कति हुन्छ ?
विद्यार्थी – यो त गारो प्रश्न भयो सर ।
शिक्षक – (उदाहरण दिँदै) २० वटा कपी ५ जनालाई बराबर बाँडियो ?
विद्यार्थी – यो त झनै घुमाउरो भयो सर ।
शिक्षक – (निराश हुँदै) मानौ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति-कति जना पुग्छ ?
विद्यार्थी – (एकै स्वरमा) ४-४ जना पुग्छ सर !!!
।।

एउटा चलाख केटो र राम्री केटी बसमा पोखरा जाँदै थिए। केटो पढाईमा तेज पनि थियो।
उसले कुरा मिसाउदै भन्यो,”आउ एउटा खेल खेलौ।”
केटीले शंका गर्दै भनी, “कस्तो खेल?”
केटो: म तिमीलाई एउटा प्रश्न सोध्छु। तिमीले मिलाउन नसके मलाई ५ रुपैया देउ। अनी तिमी मलाई प्रश्न सोध मैले मिलाउन नसके ५०० रुपैया दिन्छु।
केटी: हुन्छ। केटो: सूर्यको किरण पृथ्वीसम्म आइपुग्न कती समय लाग्छ? केटीलाई थाहा थिएन पर्सबाट खुरुक्क ५ रुपैया…… झिकेर दिइ। अब सोध्ने पालो केटीको थियो।
केटी: माथि जाँदा तीनवटा खुट्टा हुन्छ, तल फर्कदा दुईवटा के हो? केटोले धेरै सोच्यो तर मिलाउन सकेन। वाध्य भएर उसले ५०० रुपैया केटीलाई दियो।
उसले बाटोभरी पनि उत्तर पत्ता लगाउन खोज्यो। ल्यापटप निकालेर गूगलमा खोज्यो, फोन गरेर साथीलाई सोध्यो तर सकेन। पोखरा आइपुगेपछी ओर्लिने बेलामा उसले केटीलाई सोध्यो, “अघिको प्रश्नको उत्तर के हो त?”
केटीले केही पनि नबोली पर्सबाट अर्को ५ रुपैया झिकेर दिएर हिडी।
।।

एउटा महीलाको भर्खर भर्खर
बिहा भएको थियो। जहिले लोग्ने रक्सि खाएर
ढिलो आउने गरेको देखेर उनी दिक्क
भएकी थिइन। उसले एकदिन आफ्नो मिल्ने
साथीसँग सल्लाह मागिन्,”हेर न म दिक्क भईसके
मेरो श्रीमानसँग। जहिले ढिलो आउछ,अनी जहिले
रक्सी पिएर आउछ। के गर्ने होला उपाए छैन?”
साथीले सल्लाह दिइन्,”मेरो बुढाले
पनि पहिला यस्तै गर्नुहुन्थ्यो। एकदिन
राती ढिलो घर आउँदा म भूत बनेर
तर्साइदिएको, त्यो दिन देखी सधैं
छिटो आउनुहुन्छ। उनलाई पनि त्यो उपाए ठीक
लाग्यो। घर गइन् र राती भएपछी मेक अप गरेर
डर लाग्दो भुत बनेर ढोका पछाडि लुकिन्।
राती लोग्ने आयो। अनी बिस्तारै
ढोका खोल्यो। अनी ढोका पछाडि देख्ने
बित्तिकै भन्यो, “ह्या बुढी होला भनेर
डराएको त भुत पो रहेछ।”
।।

हर्के र बिर्खे छिमेकी थिए। तर दुई जना फिटिक्कै नमिल्ने। हर्केले कुखुरो
पालेको रहेछ। कुखुरोले एकदिन बिर्खेको आँगनमा गएर अण्डा पारेछ। अब सुरु
भयो दुइजनाको झगडा अण्डाको निहुमा।
हर्के: हेर बिर्खे मेरो कुखुरोले पारेको अण्डा मलाइ दे।
बिर्खे: मेरो आँगनमा पारे पछि यो अण्डा मेरै हुन्छ दिन्न म।
… चर्का चर्की परे पछि बिर्खेले सम्झाउँदै भन्यो, “हाम्रो चली आएको एउटा
चलन छ कुरा मिलाउने, मान्छस्?”
हर्के: के कुरा हो भन न पहिला।
बिर्खे: पालै पालो कसेर टाङ्गमुनी लात हान्ने। जसलाई उठ्न धेरै बेर लाग्छ
उसले हार्छ।
हर्के: ल हुन्छ आइज।
बिर्खेको पालो भित्र गएर गम्बुट लगाएर आयो। अनी न्वारनको बल निकालेर कसेर
टाङ्गमुनी दियो। हर्के खुत्रुक्कै। आधा घन्टा पछि बल्ल बल्ल उठेर हर्केले
भन्यो,”ल आइज अब मेरो पालो।”
बिर्खे: लैजा मुला तेरो अण्डा। ।।।।
।।

राम्रो लागे शेयर गर्न नबिर्सनु होला

यो सामग्री हामीले पलपलको न्युजबाट साभार गरेका हौ |