Wednesday, June 7

बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य ..राति १२ बजेबाट लागू हुने

2020-12-12 667

२७ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भाउ बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमको दाबी छ ।

प्रतिकृया दिनुहोस्