रत्नपार्कको व्यस्त सडकमा हिड्दै गर्दा मेरो आंखा एक मनै रुवाउने दृश्यमा गयो । रत्नपार्कको अगाडि गेटमा मान्छेहरुको भिड थियो र त्यहि भिडको अगाडि ५ बर्षको बाबु माईक समातेर गीत गाउंदै थिए । छेउमै सानो बाबुको आमा र बुवा थिए ।
बुवा दृष्टिबिहिन थिए भने आमा सकुशल देखिन्थिन् । सानो बाबुको गीत सुनेर समय समयमा हेर्नेहरुले १०, २० रुपैंया बाबुको अगाडी रहेको एउटा भाडोमा खसालिदिन्थे । निकै मिठो स्वर भएका यि बाबुको नाम हो, बसन्त लामा । बसन्तले यसरी गीत गाउन थालेको केहि मिहना मात्र भएछ । उनको बुवा बुद्ध लामा र आमा युनिका लामासंग कुरा गर्दा थाहा भयो, आफ्नै स्कुलको फि तिर्न पैसा नभएपछि बाबुले सडकमा गाउन थालेका रहेछन् ।
५ बर्षकै उमेरमा यति मिठो गीत गाउने बाबुको एउटै सपना छ, ठुलो भएर देशले चिन्ने र सबैले चिन्ने गायक बन्ने । बसन्तको बुवा आमा पहिले देखि नै यसरी सडकमा गीत गाउंथे ।
हातमा समस्या भएपछि अरु काम गर्न नसक्ने
बसन्तको आमाको स्वर पनि उत्तिकै मिठो छ । कस्तो हृदयबिदारक दृश्य, यो हेर्दा कस्को मन नरोला । आफ्नो आमा बुवा गीत गाउन घरबाट निस्कदा बसन्त पछि लाग्छन्, दिनभरी खाजा पनि नखाई गीत गाउँछन् ।
भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्