Thursday, October 29

बिमानस्थल लथालिङ्ग, मेसिनहरु चल्दैनन्, कर्मचारी युट्युव र फोनमा । एम्बुलेनस चढि हिउँ खेल्न गए -आजको सिधाकुरा जनतासंगको भाग 117 (भिडियो हेर्नुहोस )

बालबालिका र महिलाहरु माथि भएको शोषणमा यो समाज किन यति धेरै मौन छ ? बुझ्नै सकिदैन ।

सडकका पसलहरुमा भाडा माझ्न बाध्य बालाबालिकालाई स्कुल पठाउन नसक्ने हो भने मुलुकको भविष्य कहिल्यै पनि उज्यालो हुँदैन ।

देशका हरेक बालबालिका स्कुल जानै पर्छ । बाल अधिकारका लागि खुलेका स्वदेशी तथा विदेशी संस्थाहरुका बडेमानका योजना, मिटिङ, सेमिनार, गोष्ठी आदीले बर्षौसम्म धेरैलाई जागिर दियो, प्लेन चडायो, विदेश पु¥यायो तर मुलुकका गल्ली गल्लीमा जुठो गिलास र काला डेक्ची चम्काउने बालबालिकाको जीन्दगी चक्मिएन ।
ठुला ठुला बाल अभियान्ताहरु समेत सम्मिलित विहे, ब्रतबन्ध आदीको भोज हुने भेन्युको पर्दा पछाडि हेर्नुहोस् ।

क्याटरिङ कम्पनीको कामदार बनेर उमेर नपुगेको बालक, कठ्याङग्रीदो जाडोमा तपाई हामीले खाएको जुठो भाडा माझिरहेको हुन्छ ।

उसको च्यातिएको पाइन्टले ढाक्न नसकेका अंगलाई हेरेर बन्दागोबी झै लुगा माथि लुगा लगाएका तपाई हाम्रा छोराछोरी भन्ने गर्छन, सेम सेम पप्पी सेम ।
त्यो सेम सेम पप्पी सेम उसलाई होइन तपाईलाई र मलाई भनिएको हो । बाल अधिकारका नाममा आफ्नो मात्र भुँडी भर्ने सवैलाई सेम सेम पप्पी सेम मात्र होइन अल द डङकी नो योर नेम पनि भन्न चाहन्छु ।

यस्तै शोषणमा परेका छन् रेष्टुरेण्ट डान्स बारमा काम गर्ने महिलाहरु । कमजोर आर्थिक अवस्था, परिवारको जिम्मेवारी, पढाईको निरन्तरता जस्ता बाध्यताले यस्ता स्थानमा काम गर्न विवश कलिला किशोरीहरु माथि चरम शोषण हुन्छ ।

रक्सीको नशामा बेहोस, चुरोटको धुँवामा मत्त र खैनीको दुर्गन्धले वान्ता आउने हजुरबुवा उमेरका मानिसहरु मुखै जोडुला झै बोलीरहेका समेत खपेर कसरी काम गर्दाहुन यि चेलीहरु ?

 

बैनि  नारीहरुलाई आमा, दिदी बहिनी देख्नु पर्दैन तर कामको सम्मान गर्न सिक्नै पर्छ । जांँडको नशाले मदमत्त भएका, बुढ्यौलीले सठिया गएका केही मानिसहरु जब बाध्यतावश यस्ता रात्रिकालीन मदिरालयमा काम गर्ने नौजवान किशोरीलाई छुन खोज्छन् त्यतीखेर यिनलाई देखेर भन्न मन लाग्छ, अंकल नक्कली दाँत र लौरी हराउला, उमेरको त ख्याल गर्नुस ।

नातिनीको उमेरका युवतीमाथी बक्र दृष्टी लगाएर जब सेठजीहरु रातको २ बजे टोलै गन्हाउँने गरी घर पुग्छन् तब सतिसावित्री पत्नीका अगाडि वहानाको कहिले पनि नसिद्धीने डायरीबाट एउटा एभर ग्रिन वहाना निकालेर पेश गर्छन् ‘जरुरी मिटिङ थियो’ ।

यिनै अंकलहरु मध्यका केही अंकलहरु अघिल्लो रातको जाँडको गन्ध नसकिदै भोलीपल्ट कुनै मञ्चमा उभिएर नारी अधिकारका ठुला ठुला भाषण ठोक्छन् र भन्छन् नारी भनेको यस्तो हुनुपर्छ, नारी भनेको उस्तो हुनु पर्छ, नारी यो हो नारी त्यो हो ।

तर उहाँले भन्न खोज्नु भएको नारी, महिला विमन, लेडिज होइन उहाँकै हातको नाडी हो जहाँ ५ तोला बराबरको सुनको ब्रेसलेट टल्की रहेको हुन्छ ।

रेष्टुरेण्ट जाँउ, डान्सबार जाउ खाउ पिउ रमाऔ तर पढ्न पैसा नपुगेर काम गरेका र परिवार पाल्न बाध्य भएर रात्रिकालीन मदिरालयमा काम गर्न बाध्य युवतीहरुलाई सम्मान गरौँ, सुरक्षीत भएको महशुस गराआँै । कामको सम्मान गरौँ ।

भिडियो हेर्नुहोस् :-