Wednesday, June 7

खिरपुरीबाला टिक-टकको भिडियो भाइरल भएपछि घरमै पुगे मिडियाकर्मी हेर्नुहोस रमाइलो भिडियो..

2020-12-13 1371

काठमाडौ । मलाई यस्तो भाइरल होला भन्ने लागेको थिएन । साथीको विवाहमा गएकी थिए । सबैले विवाहको भिडियो टिकटक बनाएर राखेका थिए । मैले पनि साथीको विदाईको अन्तिम अवस्थाको भिडियो खिचेको थिए ।

सबैले खिचेको र टिकटकमा राखेको देखेर मैले पनि टिकटकमा राखे । तर त्यसरी भिडियो भाइरल होला भन्ने मलाई लागेको थिएन । केही समय यता एक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो जुन यिनै युवतीले खिचेकी थिइन् ।

उनले साथीको विवाहको अन्तिम अवस्थाको भिडियो संझना हुन्छ भनेर खिचेकी थिइन् । तर त्यही भिडियोका कारण साथी निकै भाइरल होलिन् भन्ने कल्पना भने गरेकी थिइनन् ।

मंसिर २२ गते भएको विवाहको भिडियो रोशनी मल्लले खिचेकी थिइन् । त्यो भिडियो टिकटकमा निकै भाइरल भएको छ । ति युवती अहिले पहिलो पटक मिडियामा आएकी छन् ।

विवाह गरेर धनगढीवाट कास्की पोखरा पुगेकी छन् । एक दुलही पहिरनमा रहेकी युवती सुदुरपश्चिमा लवजमा भन्छिन्, ‘पर्सी आइ हाल्न्या हुँ खिरपुरी बनाइराख्नु । अचार पनि, धेरै खान्या हुँ । हिजो कम खाँ हुँ नि मैले । धेरै खान्या हुँ । नरुनु ।’

ती सामाजिक सञ्जालमा भाइरल दुलहीको माइतीघर धनगढी हो । धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभरीको मंसिर २२ गते विवाह भएको थियो ।

भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्