Saturday, June 3

बजाज अफरः ५० प्रतिशत रकम बुझाएर बिना ब्याज बजाजका बाइक किन्न सकिने ..मुल्य सुची सहित

2020-12-14 1846

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हशंराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्कीम ल्याएको छ । नयाँ सार्वजनिक भएको स्कीम अन्तर्गत ग्राहकले शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल किन्न सक्नेछन् ।

कम्पनीका अनुसार यस योजनमा मोटर साइकल किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बजाजका कुनै पनि मोटर साइकल किन्न सक्नेछन् । ५० प्रतिशत डाउन पेमेन्ट गर्दा ग्राहकले १८ महिनामा बाँकी किस्ता चुक्ता गर्नु पर्ने हुन्छ । यसमा कुनै व्याज नलाग्ने कम्पनीले जनाएको छ । यस योजना बजाजका सबै मोटरसाइकलमा लागु हुने कम्पनीले जनाएको छ भने बजाजको सबै आधिकारिक शोरुमबाट यो सेवा लिन सक्ने छन् ।

यस्तो छ सबै मोडलको नयाँ मूल्यसूची : कम्पनीले अहिले नेपाली बजारमा प्लाटीना, डिस्कभर, पल्सर, एभेन्जर, डोमिनार सिरिजका विभिन्न १४ भेरियन्टमा मोटरसाइकल बिक्री गर्दै आएको छ । बजाजका सबै मोटरसाइकल नेपालमा नै एसे म्वल हुँदै आएको छ ।

कम्पनीले बजाज प्लाटीनाको नयाँ मूल्य १ लाख ७६ हजार ९०० रुपैयाँ, डिस्क भर १२५ ड्रमको १ लाख ९४ हजार ९०० र डिस्कभर डिस्कको २ लाख १ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ । पल्सर १२५ को मूल्य २ लाख २९ हजार ९००, पल्सर १५० को २ लाख ६२ हजार ९००, पल्सर १५० ट्वीन डिस्कको मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँ रहेको छ ।

पल्सर एनएस १६० एबी एसको मूल्य २ लाख ९५ हजार ९००, पल्सर एनएस २०० एबीएसको मूल्य ३ लाख ४२ हजार ९०० रुपैयाँ र पल्सर एनएस २०० एबीएस तथा एफ आईको ३ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यस्तै पल्सर २२० एफ एबीएसको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ, एभेन्जर २२० को मूल्य ३ लाख ४८ हजार ९००, एभेन्जर १६० को ३ लाख २१ हजार ९०० र डोमिनार ४०० को मूल्य ५ लाख ५४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस्