Wednesday, October 21

सन्दिप आइपिएल टोलीमा परे। भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद भएका छन् ।

सन्दिपलाई दिल्ली डेरडेभिल्स ले भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गरेको हो । उनको बेस प्राइज २० लाख भारु नै थियो ।

नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलमा खेल्ने पहिलो खेलाडी हुन् ।-हाम्रो खेल्कदबाट।