Saturday, January 18

सबैको बत्ती बनेका राष्ट्र सपुत कुलमानलाई अर्का राष्ट्र सपुत रबि लामिछानेले गरे यसरी सलाम ! हेर्नूहोस यो बिषेष भिडियो।

उज्यालो भएको खुसीमा हामीले देश अँध्यारो पार्नेहरुलाई चटक्कै बिर्सियौंं ! देशमा तिहारको माहोल छ । चारैतिर झिलिमिली नै झिलिमिली छ । कुनै समय यस्तो थियो कि उज्यालोको यो चाड दिपावली मनाउँदा कति खेर बत्ती जान्छ भनेर मुख चाँही अध्याँरै पारेर बस्नु पर्ने हुन्थ्यो । जलस्रोतको धनी देशले बत्ति बेच्नु पर्नेमा बाल्न पाउँदा पनि युद्ध जिते जस्तो गर्नु परेको छ ।

एउटा सिंगै जेनेरेशनले घर मात्र अँध्यारो पारेनन्, पुरै भविष्य नै अध्यारो पारे । केहि कमिशन खोर लोभिहरुले विजुली मात्र चोरेनन्, देशको ढुकुटीबाट अर्बौं पैसा कुम्ल्याए । हामी नेपालीहरुको एउटा असाध्यै नराम्रो बानी छ, त्यो हो तुरुन्तै विर्सने बानी ।

बत्ती बाल्न पाएकोमा खुसी हुने क्रममा हामीले बत्ती बाल्न नदिएर हाम्रो घर आँगन र भविष्यलाई नै अँध्यारो पार्नेहरुलाई विर्सियौं । एउटा उर्जा मन्त्रीको तारिफ गरिरहँदा अघिल्लो उर्जा मन्त्रीहरुको कुकर्मलाई चटक्कै बिसिर्ने हामी सर्ट टाइम मेमोरी लसहरुले गर्दा नै हो यहाँ गल्ती गर्नेहरु उम्कीने । देश उज्यालो भएको खुसीमा हामीले देश अँध्यारो पार्नेहरुलाई चटक्कै बिर्सियौँ ।

राम्रो काम गर्नेको तारिफ गर्दै गर्दा राम्रो काम गर्न नसक्नेहरुलाई त्यतिकै छोड्न हुँदैन । १८ घण्टासम्म लोडसेडिङ हुँदा पनि एक रत्ति लाज नमानी जनताको पैसाको तलब खाएर अझ झण्डा हल्लाउँदै कयौँ मन्त्रीहरु हुइकिए । नेपाल विद्युत प्राधिकरणलाई मेरो अनुरोध छ ।

तिहारमा ति सबका घरको बत्ति हरेक वर्ष तिहारको ५ दिनसम्म काटियोस् । वर्षौ जनतालाई अँध्यरोमा राख्नेहरुले पनि उहि सुविधा पाउने हो भने यहाँ सत्कर्म गर्ने प्रेरणा नै मिल्दैन । जनताको घरको बत्ति काटेर व्यापारीलाई पोस्ने र त्यसबाट करोडौं कमिशन खानेहरु पनि आज आफ्नो घरमा बत्ति बालिरहेका छन् ।

एउटालाई पनि कारवाही भएन, नट इभन अ सिगंल पर्सन । मैनबत्ति बालेर र टुकी बालेर पढ्न बाध्य कयौँ विद्यार्थी थिए जसले यो देशको भविष्य नै नदेखेर विदेश जाने निर्णय गरे ।

कयौं परिवार विखण्डीत भयो, कयौंले इक्जाम फेल गरे । एउटा सिंगै जेनेरेशनले खाना खाने समय, पढ्ने समय, आइरन लगाउने समय, ट्याङकीमा पानी भर्ने समय, मोबाइल चार्ज गर्ने समय भनेर नोट गर्नु प¥यो । ती दिनहरु कुनै युद्धका दिन भन्दा कष्टप्रद थिएनन् ।

संसारका अरु देश मंगल ग्रहमा पानीको सम्भावना बारे अध्ययन गर्नेबारे सोचिरहेको बेलामा हामी विहान ४ बजे बत्ति आउछ, त्यसपछि मोटर अन गरेर ट्याङकीमा पानी भर्नु प¥यो मात्र भनेर सोच्थ्यौँ । हाम्रो भविष्यलाई ठगेर खाने एउटा पनि मन्त्री कर्मचारी समातिएको छैन ।

वर्र्षैंसम्म देशलाई अँध्यारोमा राखिएको हो ? हो । कमिशनको चक्करमा अर्बौं घोटाला भएको हो ? नालायक व्यवस्थापक र लोभी पापि कर्मचारीको मिलेमतोमा देशलाई जानी जानी लोडसेडिङको मारमा होमिएको हो ? अनि त्यस्ता देश द्रोही, भ्रष्टाचारी, कुकर्मीहरु यतिखेर सर्बस्वसहित जेलको अँध्यारो छिँडिमा बस्नु पर्ने कि झलमल बत्ति बालेर करोडौँको महलको कौसीमा बसेर देउसी भैलो हेर्दै बस्नु पर्ने ?

कहि न कहि कित आफूले कि त आफ्नो पार्टीले पैसा बुझेर मुख बुझो लागेको बेइमानी नेताले कसलाई कारवाही गर्छन ? कसैलाई गर्दैनन् । जनताको रगत चुसेको जुठो मुखमा परेपछि मै हुँ भन्ने आदर्शवादी नेताको पनि मुख बन्द हुने रैछ ।

त्यसैले देशलाई जानजान अँध्यारोेमा राख्ने कयौं पुर्व उर्जामन्त्रीहरु र सयौं भ्रष्ट कर्मचारीहरुको घरमा देउसी खेल्न जानेहरुले तिनलाई आशिष नदिउन् । हालका उर्जामन्त्री वर्षमान पुन ज्युलाई मेरो चुनौती र अनुरोध छ । दुर दराजको रोल्पाबाट गरिब जनताको प्र्रतिनिधित्व गर्दै र तिनै भोका नाङ्गा जनताको भोट बोकेर तपाई झण्डा हल्लाउँदै हिड्नु हुन्छ ।

तपाईका गाँउमा र गाँउका जनताको मुहारमा उज्यालो नभएपनि तपाईको र तपाईकी श्रीमतीको अनुहार ५ हजार वाटको बत्ती जस्तै उज्यालो भइसकेको देखिन्छ । आफ्नो लागि पुगेको भए, हिम्मत गरेर ती सारा पूर्व उर्जामन्त्री, सचिव र कर्मचारीको नाम सार्वजनिक गरिदिनुस् जसले कमिशन खाएर यो देशलाई वर्षैं अन्धकारमा राखे ।

नाम सार्वजनिक गर्न नसके, छानी छानी तिनका घरको बत्ति आज रातिबाट काटी दिनुस्, हामी बाँकी कुरा आँफै बुझ्ने छौं । यति गर्ने आँट गर्नुहोस्, अर्को चुनावमा तपाईका लागि भोट माग्न म पनि रोल्पा जाने छु ।

लोडसेडिङमुक्त तिहारः सबैको बत्ती बनेका कुलमान !तपाईको कुनै व्यक्तिगत कारण बाहेक विजुली बत्तीको कारण यो तिहारमा तपाईको घर अँध्यारो छैन । अर्थात उज्यालोको यो पर्व तिहारमा तपाईको घरमा विजुलीबाट बल्ने थरि थरिका बत्तीहरु चम्किरहेको छ ।

एक छिन् २ वर्ष अघिको तिहारलाई सम्झिनुहोस् । १२ देखि १६ घण्टासम्म लोडसेडिङ । भुक्किएर एकैछिन् आएमा खाना पकाउने कि पानीको मोटर चलाउने कि, मोबाइल, इन्भरटर चार्ज गर्ने ? कि झिलिमिली बत्ती बाल्ने ? लगाएतका तनावमै अधिकांश समय खर्च भएको हुन्थ्यो । घर अँध्यारै थियो । सबै अस्तव्यस्त थियो ।

तर अहिलेको तिहारमा विजुली सम्बन्धि त्यस्ता झन्झटहरुबाट मुक्त छौं । यो खुसीको पछि नामै काफी छ, ‘कुलमान घिसिङ ।’ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै लोडसेडिङ कम हुँदै गएको थियो, भने दुई वर्ष अघिको तिहारको लक्ष्मीपूजाका एक कालो युग, अर्थात लोडसेडिङ युगको अन्त्य भयो ।

वि.सं. २०७३ साल असोज १ गते उनले प्रमुख कार्यकारी निर्देशकका रुपमा प्राधिकरण प्रवेश गरेसँगै लोडसेडिङ हटाउन थाले । माग, आपूर्ती भार सम्प्रेषण केन्द्र, ट्रान्सफर्मर, सब स्टेशन, फिडर र जनशक्तिको उचित व्यावस्थापनकै कारण २०७३ सालको लक्ष्मीपूजाको दिन विजुली बलिरह्यो । यहि सफलताबाट हौसिएका कुलमानले लोडसेडिङ सँधैका लागि हटाउने योजना सुरु गरे । र सफल पनि भए ।

अहिले स सना झुपडीदेखि महलसम्म यसरी झलमल्ल बत्ती बलिरहेको छ । अहिले देशका विभिन्न स्थानमा स्थानीय घर अगाडिको सडकको नाम, चोकको नाम कुलमान घिसिङको नामबाट राखिएका छन् ।

वर्षौदेखि लोडसेडिङको मार खेप्दाको समयलाई अहिले कसैले सम्झन मन गर्दैनन् । धन हुनेहरुको इन्भरटर व्यट्रिले साथ दिएपनि सामान्य नेपालीहरुको लागि बत्ती, टुक्की, दियालो लगाएतले काम चलाउनु पर्दथ्यो । अहिले समय फेरिको छ । घर घरमा विजुली बत्तीले तिहारको महोल नै फेरिएको छ ।

लोडसेडिङ गराउनेहरुलाई किन कारवाही भएन ?लोडसेडिङ अन्त्य गर्नका लागि नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै नौलो प्रविधि नभई भएको स्रोत र साधनलाई उचित व्यवस्थापन गरेको बताउँदै आएका छन् । तर प्रमुखका रुपमा कुलमान घिसिङ आउनु पूर्वको र अहिलेको विद्युत उत्पादन र मागमा अकाश पतालको फरक थिएन । तर व्यवस्थापन गर्ने प्रमुखको क्ष्मतामा भने आकाश पतालको भिन्नता भएको तीन वर्ष अघिको तिहार र अहिलेको तिहारले प्रमाणीत गरिसकेको छ ।

प्राधिकरणकायस अघिका प्रमुख कार्यकारी निर्देशक मुकेश काफ्लेले त अझ लोडसेडिङमुक्त नहुने दार्ब गर्दै लोडसेडिङ अन्त्य भएमा सार्वजनिक पद धारण नगर्नेसमेत बताएका थिए । अहिले लोडसेडिङको अन्त्य भयो ।

तत्कालीन समयमा लोडसेडिङ हुनुको पछाडि प्राधिकरण भित्रकै उच्च पदस्थनै निजी कम्पनीहरुको आर्थिक प्रलोभनमा फस्ने गरेको धेरैको आशंका छ । लोडसेडिङ हटेको दुई वर्ष हुनलाग्दा पनि लामो समयस लोडसेडिङको अँध्यारोमा राख्ने प्रधिकरणका उच्च पदस्थ कर्मचारी, तत्कालीन उर्जामन्त्री लगायतमाथि छाविन समेत भएको छैन ।

सिधाकुराको स्टुडियो मै आए कुलमान, रबिले गरे सलाम। दिपावली विषेश एपिसोड
भिडियो हेर्नूहोस।।