Thursday, October 1

नेपाल एयरलाइन्सको नयाँ कार्यालय दुबईको सलाउदिनमा उद्घाटन , भाडादरकति ? अनि लगेज कति किलो लान पाइन्छ त ? पुरा जानकारी सहित

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दुबईमा नयाँ कार्यालय उदघाटन गरेको छ ।

देरा दुबईको सलाउदिन एरियामा रहेको नयाँ कार्यालय युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यमा उदघाटन भएको हो ।

नेपाल एयरलाइन्सको नयाँ कार्यालय समुदघाटन कार्यक्रममा नेपाल वायुसेवा निगम, वाणिज्य बिभागका निर्देशक जनकराज कलाखेति बिशेष अतिथिका रूपमा उपस्थित थिए ।

उनले एयरलाइन्सले नेपाली वायुसेवाको क्षेत्रमा सकारात्मक सुधार गर्दै प्रगतिको पथमा लम्किरहेको जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाली दुताबास परिवार, सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारिज्युहरु, ब्यबसायीहरु, पत्रकारका साथै उल्लेख्य मात्रामा नेपालीहरुको उपस्थिती थियो ।

नेपाल एयरलाइन्सले दुबईमा सन् २०१६ अगस्ट १८ देखि सेवा पुनः सुचारू गरेको हो । आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि सातामा ४ वटा उडान भरिरहेको नेपाल एयरलाइन्सले अनलाइन टिकट बुकिङको व्यवस्था गरेको नेपाल एयरलाइन्सका युएई प्रमुख रमेश पौडेलले जानकारी दिएका छन् ।

उनलेे नेपाल एयरलाइन्सले सस्तो दर, ५ सय ९० मा एकतर्फी र ११४५ दिराममा दुईतर्फी टिकटका साथमा गुणस्तरीय सेवा दिएको दाबी समेत गरे ।

उनका अनुसार हरेक टिकटमा ४० केजि लगेजका साथमा ७ केजि छुट्टै हातमा सामान लान सकिने र यात्रामा खानाका जुस, चिया, कफिको ब्यबस्था समेत भएको जानकारी दिएका छन् ।

नेपाल एयरलाइन्सको बोर्डिङ पास वाहकलाई चन्द्रागिरी हिल्स प्राली र काठमाडौं ग्रुप अफ होटेलले आफ्नो सेवामा ३० प्रतिशत छुट दिने पौडेलले बताए ।

समाचार स्रोत:-अनलाइनखबर