Wednesday, June 7

जवान उमेरमा नै ग,म्भिर बि’रामी परेकी अनिता पति बिनोदको मायाले विस्तारै तंग्रिदै’छिन् हेर्नुहोस (भिडियो सहित)

2020-12-15 1505

काठमाण्डौ । अनितालाई नचिन्ने सायदै बिरलै होलान् । यी उनै अनिता हुन् जस्ले श्रीमानको रुपमा साक्षात ईश्वरलाई पाएकी छन् । श्रीमान विनोदको माया र सहयोगले अनिता दिनप्रतिदिन निको हुँदै गईरहेकी छन् ।

आजभन्दा एक डेढ वर्ष पहिले श्रीमान बाहेक सबैले आश मारिसकेको अनिता र हिजोआजको अनितामा धेरे सुधार भईसकेको छ । अनितालाई उनकी अमाज्यू दिदीले पनि उत्तिकै केयर र माया गरेकी छन् जति श्रीमान विनोदले गरिहेका छन् ।

दिनप्रतिदिनको सुधारोन्मुख अनिताको स्वास्थ्य अवस्थाले उनलाई माया गर्ने सम्पुर्ण नेपालीहरुको मन खुशी भएको छ ।

अनिता आफैमा पनि एक आत्मबल बलियो भएकी नारी रहिछन् भन्ने कुरा उनको सुधार हुँदै गईरहेको स्वास्थ्य अवस्थाले थाहा हुन आउँछ ।

गएको केही समय पहिले मात्रै अनिताले आफ्नो श्रीमान विनोदलाई चस्मा लगाई दिंदै गरेको भिडियो सबैले देख्न पाएका थिए भने यतिबेला अनिताले आफैले आफ्नो दाँतलाई ब्रसले सफा गर्ने कोशिश गरिरहेकी छन् ।

उनले दाँतमा ब्रस गर्दै गरेको भिडियोलाई सामाजिक सञ्जाल टिकटकमा देख्न सकिन्छ । अनिताले आफै ब्रस गर्न सक्नु भनेको यो निकै ठूलो सफलता मानिन्छ ।

भिडियोमा श्रीमान विनोद छेउमा बसेका छन् भने भिडियोलाई शूट अमाज्यू दिदीले गरेकी छन् । साथै उनले बुहारी अनितालाई ब्रस गर्नकोलागी हौसला पनि दिईरहेकी छन् । तल लिङ्कमा क्लिक गरी भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्