Monday, October 19

सुरक्षाका लागि गार्ड बसेका तुलबहादुरको हिजोराति हत्या, कसले गर्यो हत्या ?

काठमाडौं, १५ माघ । काठमाडौंको मच्छेबहालमा एक सुरक्षागार्डको हत्या भएको छ ।

इस्टवेस्ट सेक्युरिटजममा सुरक्षा गार्डका रुपमा कार्यरत तुलबहादुर तामाङको गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो । दोलखा मावापौवा २ निवासी ५३ वर्षीय तामाङको ड्युटीमै रहेका बेला हत्या भएको हो ।

असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो ।

अस्पतालमा लगेको केहीबेरमै डाक्टरले तामाङको मृत्यु भएको घोषणा गरेका प्रवक्ता न्यौपानेले बताउनुभयो । टाउको र हिपमा गहिरो चोट लागेको तामाङको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रारम्भिक अनुमान छ ।

सिसिटिभी फुटेजको आधारमा हत्यामा संलग्नको खोजी तीव्र पारिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

स्रोत-लाइटनेपालबाट