Thursday, October 1

लाजमर्दो घटना ! उपमेहेर साबले कायालयमै गरिन यस्तो हर्तक….

जनकपुर, १५ माघ – आफूलाई गाडी नदिएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् ।

बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।

नगरपालिकामा रहेको एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै आएका छन् । उपमेयर यादवले आफूलाई पनि गाडी सुविधा दिन माग गर्दै आएकी थिइन् । तर, आइतबारको बैठकमा प्रस्ताव नै नआएपछि ‘मलाई गाडी दिने विषय किन प्रस्ताववमा नराखेको’ भन्दै माइन्युट च्यातेर फालेकी छन् ।

 

उपमेयर यादवले आफूलाई गाडी दिने विषयमा छलफल नभएकाले माइन्युट च्यातेको स्वीकार गरेकी छिन् । धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिए पनि आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको उनको आरोप छ । From: Kathmandu today