2020-11-14 1522
काठमाडौं – चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा व्यस्त छन् ।
कलाकरितासँगै समाज सेवामा समेत सकृय रहेका उनि अहिले क्रिकेट रंगशाला बनाउन दिनरात नभनि खटिरहेका छन् ।
यसैबीच हालै एक व्यक्तिले उनको मुर्ती बनाएको देख्दा धुर्मुस चकित परे । भरतपुर ४ बस्ने चित्रकार चित्र बहादुर श्रेष्ठले धुर्मुसको मुर्ती बनाएका छन् ।
मुर्ती हेर्दा दुरुस्तै धुर्मुस नै देखिन्छ । आफ्नो दुरुस्तै मुर्तीको तस्बिर आइतबार धुर्मुसले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
भिडियो हेर्नुहोस्..
प्रतिकृया दिनुहोस्