Friday, October 30

चीनको स्मार्टफोन ब्रान्डमा ओप्पोले लियो पहिलो स्थान, सामसुङ परेनन्…

एजेन्सी । चीनको स्मार्टफोन बजारमा  २०१७ मा बढी बिक्री भएका १० मोबाइलको सूचीमा ९ वटा घरेलु ब्रान्ड छन् ।  ओप्पोले पहिलो स्थान लिएका छन् ।

दोस्रो स्थानमा रहेको एप्पल टप टेनमा पर्ने एक मात्र विदेशी कम्पनी हो । आइफोन ७ प्लसले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा २.८ प्रतिशत बजार हिस्साओगटेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ । एप्पलको ठूलो स्क्रिनवाला फोनले ओप्पो आर एसलाई पछ्याएको छ, जसको बजार हिस्सा ३ प्रतिशत रहेको छ ।

एप्पलको आइफोन ७ ले २०१७ को पहिलो अर्धवार्षिकमा राम्रो गर्यो र त्यसपछि मूल्य कटौती गरेर चीनको बजारबाट फाइदा लियो ।  सानो स्क्रिनको आइफोन ७ चीनमा २.४ प्रतिशत बजारहिस्सासहित पाचौं बेस्ट सेलिङ मोबाइल बनेको थियो ।

टप ५ मा परेका अन्य फोनहरुमा भिभोको एक्स  र ओप्पो ए ५७ रहेका छन् ।चीन अत्यन्तै प्रतिस्पर्धात्मक स्मार्टफोन बजार हो जहाँ सामसुङले आफ्नो वर्चश्व कायम गर्दै आएको थियो । तर, अहिले यो बजारमा स्थानीय कम्पनीहरुकै हालिमुाहली छ ।