Wednesday, September 30

नेपालमा भएको सबै भन्दा ठुलो विमान दुर्घटना: पाकिस्तानि विमान ( यस्तो भएको थियो त्यो दिन)

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको दर्ता नं. एपी-बीसीपी रहेको एयरबस ए ३०० २८ सेप्टेम्बर १९९२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा काठमाडौ नजिकै ललितपुर जिल्लाको भट्टेडाँडामा दुर्घटनाग्रस्त भएको थियो जुन नेपालको हालसम्मकै ठुलो विमान दुर्घटना हो । यस दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो ।

पाकिस्तानको समय अनुसार दिनको ११ः१३ बजे कराचीबाट काठमाडौका लागि उडेको उक्त विमान नेपाली एयर ट्राफिक नियन्त्रण कक्षबाट रोमियो बिन्दुको सिधै माथिबाट जाने निर्देशन पाए अनुसार काठमाडौं तिर आउन थाल्दछ ।

रोमियो बिन्दु काठमाडौँबाट ४१ माइल्स दक्षिण तिर १५००० फिट उचाइमा पर्दछ । त्यसपछि उक्त विमान सिएरा बिन्दु हुदै काठमाडौँ आउदै गर्दा ५८०० फिटमा झर्नु पर्ने थियो ।

सिएरा बिन्दु काठमाडौंबाट १० माइल्स टाढा ९५०० फिट उचाईमा अवस्थित छ । विमानले महाभारत पर्वतलाइ पार गर्न यो उचाइ सुरक्षित थियो । १० माइल्सबाट जानकारी गराएको केही समयपछि २ः३० बजे ८,२५० फीट अग्लो भट्टेडाँडा भन्ने पहाडको लगभग ७३०० फिटमा पर्ने जंगलको भागमा दुर्घटनाग्रस्त हुन पुग्छ ।

ककपिट भ्वाइस रेकर्डरबाट कुनै गतिलो वार्तालाप प्राप्त नभएको अवस्थामा फ्लाइट डाटा रेकर्डरको अध्ययनबाट क्यानाडाको यातायात सुरक्षा बोर्ड (टीएसबी) का अनुसन्धानकर्ताले केहि तथ्य बाहिर ल्याएका थिए ।

विमानले काठमाडौं आउने क्रममा प्रत्येक बिन्दुबाट उचाइ झर्ने क्रममा तोकिए भन्दा कम उचाइमा उडान गरेको थियो । १६ माइल्समा यो विमान उडनु पर्ने ऊंचाई भन्दा १००० फीट तल थियो भने १० माइल्स(सिएरा बिन्दु) मा यो विमान १,३०० फीट तल थियो ।

विमान आवश्यक भन्दा कम उचाइमा रहेको अवस्थामा महाभारत पर्वतको नजिकबाट सम्पर्क गर्यो र सोहि क्रममा दुर्घटनाग्रस्त भयो । यद्यपि उक्त विमानका पायलटहरूले आफ्नो विमानको उचाइलाई एयर ट्राफिक नियन्त्रकलाइ सहि रूपमा जानकारी गराएको भएता पनि नियन्त्रकले दुर्घटनाको केही सेकेन्ड अघि सम्म पनि विमान गलत उचाइमा रहेको कुरा पायलटहरूलाई चेतावनी युक्त जानकारी दिएका थिएनन् ।

अनुसन्धानकर्ताहरूका अनुसार दुर्घटना मुख्यतः पायलटको त्रुटिले गर्दा भएको थियो । बादल लागेको कारण दृष्यता कमजोर थियो भने ठाडो भुभाग नजिकै रहेको चेतावनी ट्रिगर गरिएको थिएन । पिआइएका पायलटहरुलाइ दिइएको अप्रोच प्लेट (काठमाडौं अवतरण गर्ने क्रममा पालन गर्नु पर्ने अवतरण बिन्दुहरुको जानकारी रहन्छ) अस्पष्ट थियो । एयर ट्राफिक नियन्त्रकहरूले फरक भुभागको जानकारी दिन र समयमै हस्तक्षेप गर्न तत्परता नदेखाउनु पनि दुर्धटनाको कारण रहेको थियो ।

प्रतिवेदनमा आइकाओलाइ सिफारिस गरिएको थियो कि आईसीएओले नेभिगेसन चाटर्सको समिक्षा गरि आफना मापदण्ड पालन गर्न प्रोत्साहित गरोस र काठमाडौं विमानस्थलको अवतरण बिन्दुलाइ परिवर्तन गरि अहिले भन्दा सहज बनाओस ।

from Janata news