Thursday, September 24

आजको राशिफल: बि.स.२०७४ माघ १६ गते मंगलबार । ईश्वी सन् २०१८ जनवरी ३० तारिख (हेर्नुहोस आजको तपाइको भाग्यफल)

बि.स.२०७४ माघ १६ गते । मंगलबार । ईश्वी सन् २०१८ जनवरी ३० तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि चतुर्दशि ३७ घडी १६ पला,बेलुका ९ बजेर ४८ मिनेट उप्रान्त पुर्णिमा । नक्षत्र पुनर्वशु ३२ घडी ३९ पला,बेलुका ७ बजेर ५७ मिनेट उप्रान्त तिष्य । योग विष्कुम्भ ७ घडि ४७ पला,बिहान १० बजेर १ मिनेट उप्रान्त प्रिती । करण गर,बिहान १० बजेर ५८ मिनेट उप्रान्त वणिज,बेलुका ९ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मिथुन,दिउसो २ बजेर २२ मिनेट उप्रान्त कर्कट । श्री पशुपतिनाथको छाया दर्शन। शहीद दिवस।

 

काठमाडौंमा सूर्योदय ६ बजेर ५४ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ४१ मिनेट । दिनमान २६ घडी ५९ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुँनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुँनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ ।

शुभ अंक — २,७ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले दाजुभाई सँग मनमुटाब सिर्जना हुनेछ । छोटो दुरिको यात्राको ताय गर्न सकिनेछ भएपनि गन्तब्यमा पुग्न निकै नै संघर्ष गुर्नपर्नेछ । पढाई लेखाईमा समय दिन नसकिने हुनाले कमजोर भएको अनुभुति हुनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ सरस्वत्यै नम

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रतिष्ठित ब्याक्तित्वहरु सँग सामाजिक बिषयमा बिवाद बढ्ने हुँदा आज भरसक भेटघाट तथा सार्बजनिक ठाउँहरुमा उपस्थिति नजनाउनु नै राम्रो हुनेछ । समयमा काम नबन्ने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले समस्या पर्दा साथ दिने प्रशस्त भेटनेछन् भने आफन्त तथा अग्रजहरुको सहयोग रहनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ । प्रम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — ४,६ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो काय सिद्धि मन्त्र — ॐ महालक्ष्म्यै नम

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउँमा बल तथा बुद्धि प्रयोग हुनेछ सजक रहनुहोला । मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ सजक रहनुहोला । बिदेशबाट आयात हुने सामानको व्यापार व्यावसाय बाट प्रशस्त नाफा कमाउन सकिनेछ भने बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । मध्यान्हबाट समय तपाईकै पक्षमा आउने हुनाले सामाजिक तथा कल्याणकारि काम गरि नाम कमाउन सकिनेछ । नया प्रबृधिको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ । अध्ययनमा मन जाने हुनाले राम्रो नतिजा प्राप्त हुनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने ईच्छा,आकाक्षा तथा मनोकामना हरु पुरा हुने समय रहेको छ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । मध्यान्हपछि लामो दुरिको यात्रा हुनेछ भने बिदेशी संघ सस्थामा काम पाउने प्रशस्त सम्भावना रहेकोछ ।

शुभ अंक — ५,८ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) कार्यक्षेत्रमा प्रशस्त समय दिनुपर्ने तर न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । घर परिवारमा दैनिक आउँने समस्याले सताउने हुँदा मानशिक तनाब बढेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा उत्कृष्ट अंक ल्याई आफन्त तथा गुरुवर्गहरुलाई खुसि पार्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने खनित पदार्थ तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा मन जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु बढेर जानेछन् । व्यापारमा केहि कमि भएको महशुष हुनेछ ।

शुभ अंक — ४,८ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । मध्यान्हबाट समय तपाईकै पक्षमा आउने हुनाले थाति रहेको कामहरु हुनेछन् भने नया काम गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा गर्न सकिनेछ र

शुभ अंक — ४,८ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउन सक्ने हुनाले खानपानमा ध्यान दिनुहोला । बिद्यामा सफलता पाउँन निकैनै संघर्ष गर्नु पर्नेछ । पति पत्नि बिच मनमुटाब बढ्नेछ भने माया प्रेममा धोका हुन सक्छ । डाहा गर्नेहरुले गलत सुझाब तथा सल्लाह दिएर फसाउँन सक्नेछन् ख्याल गर्नुहोला । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन बढीनै समय दिनु पर्नेछ भने नयाँ काम तत्काल शुरु नगर्नुहोला । आम्दानि भएपनि बचाउन मुस्किल पर्नेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रक्रिया तथा कानुन मिच्न खोज्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुने छैनन् । मध्यान्हबाट समय उत्तम रहेकोले पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुले लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुँनेछ । बेलुकिपख बादबिवाद तथा न्यालयबाट हुने निर्णय तपाईको पक्षमा नआउने तथा पुराना समस्याहरु पुनह आउने हुनाले ख्याल गर्नुहोला ।

शुभ अंक — ३,७ शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमासँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ ।

शुभ अंक — ४,६ शुभ दिशा —पश्चिम

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

 

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट ःरासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

साभार: ओ एस नेपाल |