Wednesday, December 2

चलचित्र साईली यु;ट्युबमा, २ दिनमै २० लाख ७४ हजार भ्युज (भिडियो सहित)

November 14, 2020 86

काठमाण्डौं/ सफल फिल्म साईली युट्युबमा सार्वजनिक भएको छ । गत बर्ष हलमा रिलिज भएको चलचित्र ‘साईली’ यतिबेला दीपावलीको अबसर पारेर यूट्यूबमा रिलिज गरिएको हो ।

सार्बजनिक पश्चात् फिल्मले युट्युबमा राम्रो सफलता पाएको छ । २ दिनको अवधीमा फिल्मलाई १४ लाख बढी पटक हेरिएको छ भने यो समाचार तयार गर्दैगर्दा फिल्म युट्युब नेपाल ट्रेन्डिङको दोश्रो स्थानमा छ ।

यस्तै फिल्मलाई लाईक गर्नेको संख्या ४७ हजार बढी हुदा ४३ हजार बढिले सकारात्मक प्रतिक्रिया दिएका छन् । १७ सय डिसलाईक गर्नेको संख्या रहेको छ । गायक हेमन्त रानाको गीत ‘साईली’लाई दर्शकले अत्याधिक रुचाइएपछि गायक राना र नायक गौरव पहारी मिलेर ‘साईली’ फिल्म निर्माण गरेका थिए । जुन फिल्म नेपालमा गत बर्ष रिलिज भएको थियो भने अन्य बिभिन्न देशहरुमा पनि बिशेष शो गरिएको थियो ।

यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने चलचित्रमा उनकै लेखन रहेको छ । साईलीमा गौरब पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा बिशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको छ । माया प्रेम, परिवारमा गरिबीले उत्पन्न हुने समस्यालाई फिल्ममा देखाइएको छ ।

हेर्नुस् पूरा फिल्म ।

 

प्रतिकृया दिनुहोस्