Sunday, September 20

पढ्न गएका वालक ४ दिनदेखि बेपत्ता, प्रिन्सिपल मात्दा हराएको आफन्तको आरोप, (हेरौ यो भिडियो )

नयाँबाटो, काठमाडौं । अभिभावकलाई जानकारी नै नदिई विद्यार्थीलाई विद्यालय बाहिर लैजाने निजी विद्यालयको नकारात्मक प्रबृत्ति यो घटनासँगै फेरि बहसमा आएको छ । फूलचोकी हाइकिङ गएका एक विद्यार्थी चार दिनदेखि बेपत्ता रहँदा अभिभावक र आफन्तले विद्यालयको लापारबाहीका कारण घटना भएको भन्दै कारबाहीका लागि प्रहरीमा दबाब बढाएका छन् ।

 

यता प्रहरीले भने उनको निरन्तर खोजी भइरहेको जनाएको छ । वेपत्ता भएको चार दिन वित्दा पनि नभेटिएपछि आक्रोशित अभिभावकले आइतबार महानगरीय प्रहरी वृत्त, सातदोबाटो परिसरमा नारावाजी गरे । अभिभावक संघ नेपालले समेत यो घटनालाई लिएर आपत्ति जनाएको छ । र विद्यालयको चरम लापरबाही र गैरजिम्मेवारपन भएको अभिभावक संघका पुर्वअध्यक्ष सुप्रभात भण्डारीको आरोप छ । फूलचोकीबाट फर्किने क्रममा जोन हराएको भनिएको छ । तर, अभिभावकले भने आफ्नै गल्तीका कारण घटना हुँदासमेत प्रिन्सिपलले तत्काल खबर नगरेको भन्दै घटनामा उनकै संलग्नता हुनसक्ने आशंका गरेका छन् । मदिराले मातेका कारण प्रिन्सिपलले समयमै खबर नगरेको र गरेको भए जोन भेटिने परिवारको दावी छ ।

 

प्रहरीले भने जोनको खोजी भइरहेको जनाएको छ । अनुसन्धानका लागि प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई नियन्त्रणमा लिएको प्रहरीलेसँगै गएका विद्यार्थी र ओलीको भनाई बाझिएका कारण जोन कहाँबाट हराएको भन्ने नै यकिन नहुँदा खोजी प्रभावित भएको जनाएको छ । घटना दिउँसोकै भएपनि प्रिन्सिपल ओलीले विहीबार राति ८ बजे मात्रै परिवारलाई जोन हराएको जानकारी दिएका थिए । घटनाले विद्यालय प्रसासनको चरम लापरबाहीलाई ओकलेको छ । गोदावरीदेखि फुलचोकी शिखरसम्म सात किलोमिटर दूरी भए पनि पाँच किलोमिटरसम्म सडक यातायातको सुविधा छ । सडक पुगेको ठाउँसम्म गाडीमा गएर बाँकी दुई किलोमिटर मात्र पैदल हिँडाउनुपर्ने भन्दै अभिभावकले विरोध गरेका छन् । जोन हराएपछि बाटो चिप्लो र अप्ठ्यारो भएको लगायत कारण देखाउँदै उनीहरू हाइकिङ गएको बाटो नहिँड्न प्रहरीले सूचना टाँसेको छ । घटनाको प्रकृति हेर्दा जोन बाटोबाट चिप्लिएको हुन सक्ने अनुमान गरिएको छ ।

 

पछिल्लो समय हाइकिङ तथा साथीभाइसँगै मिलेर घुम्न जाने प्रचलन बढे पनि सुरक्षा संवेदनशीलता अपनाउन नसक्दा पटकपटक दुर्घटना हुने गरेको छ । गत वर्ष पनि महाराजगन्जस्थित भ्याली पब्लिक स्कुलमा अध्ययनरत एक विद्यार्थीको साथीहरूसँगै पोखरा घुम्न जाने क्रममा नदीमा डुबेर मृत्यु भएको थियो । उनको मृत्युमा स्कुलले लापरबाही गरेको भन्दै अभिभावक र आफन्तले विरोध जनाएपछि विद्यालयले क्षतिपूर्तिस्वरूप मोटो रकम तिरेको थियो । यो घटनामा झनै विद्यालय र स्वयम् प्राचार्य दुर्गाबहादुर ओलीको गैरजिम्मेवार पन प्रष्टै देखिन्छ । एउटा विद्यालय जसले विद्यार्थीलाई घुमाउँन लैजाँदा ठाउँ कस्तो हो कसरी जाने भन्नेबारे सोचेन । र स्वयम् अभिभावक संग समेत जानकारी लिएन । जुन लापरबाहीको चरम नमूना हो ।

 

पछिल्लो समय राजधानीको विद्यालयहरुको लापरबाहीका कारण विद्यार्थीहरु असुरक्षित बनिरहेका छन् । कोही अपरणमा पर्ने त कोही हराउने, मृत्युहुने जस्ता घटनाहरु बढिरहेका छन् । जुन विषय निकै डरलाग्दो बन्दै गइरहेको छ । यसमा सम्बन्धित पक्ष सचेत हुन जरुरी छ । र यो घटनाको सत्य तथ्य विवरण बाहिर आउनु जरुरी छ ।

भिडियो यहाँ हेर्नुहोस: