Sunday, October 25

सर्बसाधारणलाई नै चकित पार्दै यी कांग्रेशका चर्चित नेताहरु सडकमा बसेर बुट पालिस गर्न थालेपछि

काठमााडौँ १६ माघ । मंगलबार बानेश्वरको व्यस्त सडकमा अनौठो दृश्य देखीयो । पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिंदै कांग्रेसका केही युवा नेताहरु बानेश्वरको व्यस्त सडकको भुईंमा थचक्क बसेर सर्वसाधारणको बुट पालिस गर्न थालेपछि सर्वसाधारण र स्थानीय बासिन्दा एकछिन चकित परे ।

युवा नेताहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा गर्दै काँग्रेसलाई बचाउन नेतृत्व फेर्नुपर्ने सांकेतिक कार्य गरेको बताए । राजनीति शुद्धीकरण अभियान भन्दै उनीहरु बुट पालिस लिएर लिएर सडकमा उत्रिएका हुन् ।

 

फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीभित्रको फोहोर फालेर शुद्दीकरण गर्नुपर्छ भनेर सांकेतिक रुपमा बुट पालिस गरिएको काँग्रेस युवा नेता चन्द्र भण्डारीले बताए । भण्डारीसँग काँग्रेसका युवा नेता एवं पूर्वसांसद धनराज गुरुङ लगायतका नेताहरु पनि जुत्ता पालिस गर्नमा व्यस्त थिए।

कार्यक्रम कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले गरेको हो । चर्चित नेताहरु नै बुट पालिस गर्न आइपुगेपछि सर्वसाधारण पनि अचम्म मानिरहेका देखिन्थे ।

समाचार स्रोत :-न्युज२४नेपालबाट |