Wednesday, September 23

नेपाल प्रहरीको सीआईबीले पक्राउ गर्यो काठमाडौँमा १२ जना नक्कली डाक्टरहरु

काठमाडौं – नेपाल  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको विवरण भने  गोप्य राखिएको छ  ।  आज  सीआईबी ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा  १२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार  उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक गरिएको छैन ।’

नक्कली डाक्टरको  छानबिन बिगत १ बर्ष पहिले केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद्को सहकार्यमा ८ सय ९ जना डाक्टरको प्रमाणपत्र छानविन गरिएको थियो ।

तीमध्ये एक सय ९ जनाको प्रमाणपत्र नक्कली भएको पुष्टि  भएको थियो भने  ५९ जना डाक्टरलाई पक्राउ गरेर मुद्दा चलाइयो ।

 – सुनौलो नेपालबाट