Sunday, September 20

मालिकले कुटेर नेपाली चेलीको ढाड र खुट्टा भाचियो, यस्तो अवस्थामा छन् शान्ता राई (भिडियो)

काठमाडौँ – सुन्दर भविष्यको कल्पना गर्दै बिगत तीन बर्ष पहिले दलालले युरोपेली देश लैजान्छु भनेर इराक पुर्याएकी भोजपुरकी शान्ता राई यतिबेला टिचिङ हस्पिटल सर्जिकल वार्डको बेड नम्बर २८ मा लडिरहनु भएको छ ।

 

दैनिक १८ घण्टासम्म काम गर्दै दुई बर्ष बिताउनु भएकी राईले घर फर्किन्छु काम छोड्छु भनेर जब उहाँको मालिकलाई भन्नु त्यसपछि उहाँमाथी निर्घात कुटपिट भयो । बिदेशी भुमीबाट उहाँ सास  लिएर त फर्किनु भयो तर आज न उठ्न सक्नु हुन्छ न त  हिड्न नै सक्नु  हुन्छ न त प्रयाप्त उपचार गर्ने पैसा नै  छ उहाँसंग प्रवासी नेपाली एकता समाज कुर्दिस्थान र त्यसका अध्यक्ष नबिन कुमार लामाले उहाँको उपचारको लागी सहयोग स्वरूप पठाएको नेपाली रुपैयाँ ५० हजार १५ बोकेर हाम्रो सुनौलो  नेपालको टीम त्यहाँ पुगेको थियो |

उहाँको यो घटना कसरी भयो अहिले उहाँलाई कस्तो छ यी र यस्तै बिषयमा उहाँसंग कुराकानी गरेका छौ हेर्नुहोस मालिकको पिटाईले घाइते शान्ता राईसंगको कुराकानी

भिडियो 

नोट: माथी उल्लेखित भिडियोसँग सम्बन्धित जानकारी विभिन्न सामाजिक संजाल तथा युटुबमा प्रस्तुत भिडियोको आधारमा तयार पारिएको हो। पाठकलाई जानकारी दिने उदेश्यले उक्त भिडियोहरु यहाँ प्रस्तुत गरेका हौ। कुनै पनि भिडियो सम्बन्धि सत्य, तथ्य र यथार्थको लागि सम्बन्धित भिडियो प्रस्तुतकर्तासँग सम्पर्क गर्नुहोला। साभार :ktmnepal.com बाट