Wednesday, October 21

दमकमा भेटियो यस्तो टाउको भएको २ बर्षिय बालिका, आर्थिक अभाबका कारण उपचारमा समस्या …

झापा दमक ७ की २ बर्षिया बालिका पबित्रा खवास चौधरीको उपचारमा आर्थिक अभाब भएको छ । बालीकाको टाँउको अस्वभाविक रुपमा बढेपनि परिवारले आर्थिक अभाबका कारण समयमानै उपचार गराउन सकेको थिएन । तर बालिकालाई अहिले दमक नगरपालिका लागायतका विभिन्न संघ संस्थाहरुको सहयोगमा विराटनगर स्थित नोवेल अस्पतालमा लगिएको भएपनि आर्थिक अभाबका कारण उपचारमा समस्या भएको पीडित खवास परिवारले जनाएको छ ।

बालिकाको उपचारकालागि लायन्स क्लव अफ माउण्ट एभरेष्टको सक्रियतामा दमक नगरपालिकाले बनाएको उपचार कोषमा ६२ हजार रुपैया सहयोग जुटेको बुझिएको छ । तर यो रकम बालिकाको पुर्ण उपचारकालागि नगन्य भएको बुझिएको छ ।

नोवेल अस्पताल बिराटनगरमा उपचारका क्रममा रहेकी बालिकाको थप उपचारकालागि करिब ३ देखी ४ लाख सम्म लाग्न सक्ने चिकित्सकले जनाएका छन । दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउदै आएका विरामीका बुबा सुवाष खवास चौधरीले आर्थिक अभाबका कारण छोरीको उपचार समयमा नै गर्न नसकेको गुनासो गरे । अन्य आम्दानीका स्रोतहरु नहुदा आमा मिना खवास चौधरी समेत गम्भिर अवस्थामा विरामी छोरीलाई घरमानै छोडेर दैनिक ज्याला मजदुरीमा जानुपर्ने आफनो बाध्यता रहेको गुनासो गर्नुभयो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, प्रशासकिय अधिकृत युवराज दाहाल सहित नगरपालिकाले ३ दिनअघि बिरामी बालिकाको उद्धार गरेर उपचारका लागि नोवेल अस्पताल पुर्याएको थियो ।

यस्तै बालिकाको उपचारमा सहयोग संकलन सहयोगार्थ नगरपालिकाले प्रभु बैकमा सहयोग कोषका लागि खाता समेत खोलेको छ बताएको छ । दमक नगरपालिका (राहत कोष) खाता नंं०१४००१००९८४६१२०००००१ मा रहेको खातामा जम्मा गर्न विभिन्न देशमा रहेका नेपालीहरु तथा संघ सस्थाहरुले सहयोग संकलन गरिरहेको जानकारी पनि प्राप्त भएको छ ।

साभार- hamrodamak बाट