Friday, September 25

विश्वका सबैभन्दा अग्ला पुरुष र सबैभन्दा होची महिलाको भेटघाट पछिको सेल्फी हेर्नुहोस फोटोफिचर

एजेन्सी । विश्वका सबैभन्दा अग्ला पुरुष र सबैभन्दा होची महिलाको भेटघाटका क्रममा भएको फोटोसुट दुनियाँकै लागि अविष्मरणीय रहेका छन् ।


टर्कीका सुल्तान कोसेन र विश्वकै होची महिलाको रुपमा रहेकी भारतकी ज्योति अम्गेबीच इजिप्टमा भेट भएको छ । सुल्तान कोसेनको उचाई ८ फिट १ इन्च छ भने ज्योतिको उचाई २ फिट अग्लो छ ।

इजिप्टको पर्यटन प्रबर्दन बोर्डको निम्तामा यो जोडी इजिप्ट पुगेको थियो । त्यसक्रममा उनीहरुले गिजाको पिरामिडमा पुगी गज्जबको फोटोसुट गरे । सन् २०११ मा दुवैजनाले विश्व रेकर्ड कायम गरेका थिए, जुन अहिलेसम्म तोडिएको छैन ।