Friday, February 21

प्रेमिका हुन् त बिक्रम बरालकी जस्ती बुझ्ने ! यस्तो प्रेमिका त संसारमा कमैले मात्र पाउलान-हेर्नूहोस (भिडियो सहित)

काठमाडौं – ‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडल–२ ले गत शुक्रबार रवि ओडलाई टाइटल विजेताका रूपमा पायो। गत साउन २४ गतेदेखि सुरु भएको नेपाल आइडल पुस ६ गते सकिएको छ।

पुरस्कारस्वरूप ओडले २२ लाख रुपैयाँको चेक, एउटा होन्डा डब्लूआर भी कार प्राप्त गरे। एउटा एल्बमको सम्झौता र विश्व भ्रमण गर्न पाउने मौकासमेत उनलाई छ। यस्तैगरी विक्रम बराल फस्ट रनरअप बन्न सफल भए। पुरस्कारबापत उनले २० लाखको चेक प्राप्त गरे।

सेकेन्ड रनरअप सुमित पाठक बनेका छन्। उनले १२ लाखको चेक प्राप्त गरे। थर्ड रनरअप भने अस्मिता अधिकारी भइन्। उनले होन्डा कम्पनीको स्कुटर प्राप्त गरेकी छन्।

यसै क्रममा अहिले सामाजिक संजालमा बिक्रमकी प्रेमिका भाइरल हुदै गएकी छन् । विक्रम वरालको प्रमिका अनु गहतराजले विक्रमसंग पञ्चेवाजा बजाएर विवाह गर्ने चाहना रहेको बताएकी छन् । नेपाल आइडल सुरु हुनुअघि अष्ट्रेलिया जाने योजना बनाएका उनीहरु नेपाल आइडलमा विक्रम बराल सहभागी भएपछि जिवनले अर्के मोड लिएको बताइन् ।

उनले विक्रम विजेता बन्न नसकेको भएपनि आफुलाई कुनै दुख नलागेको बताइन् । ‘उनले भनिन् विजेता भन्दा एक स्टेप तल भए पनि अब चार स्टेप अघि बढ्ने अवसर मिलेको छ, ।’ उनले जिवनमा पछाडी नपरी अगाडी जान नसकिने बताइन् । उनले अन्तरवार्तामा विक्रम बराललाई मन पर्ने गीत समेत गाइन् । विक्रमलाई यो गित निकै मन पर्छ भन्नै गुनगुनाईन्, हेर्दैछु धरिम, हेर्छु ऐना देख्दिन करिम, सल्ला धुपैले साइला निन्द्रैम विउझायो तिम्रो रुपैले।’

उनले आफुहरु निकै सामान्य परिवारको सदस्य भएकाले विवाह कसरी गर्ने भन्ने अहिले सम्म कुनै योजना नभएको बताइन् । अष्ट्रेलिया गएर पैसा कमाएर विक्रमका लागि सानो घर बनाएपछि विवाह गर्ने योजना बनाएका थियौं, तर नेपाल आइडलका कारण नसोचेको परिवर्तन भयो उनले भनिन् अब कसरी विवाह गर्ने भन्ने त्यस्तो केही योजना छैन ।’