Wednesday, October 21

नेपालीलाई खुशीको खबर -भारतले मिचेको ५० हेक्टरभन्दा बढी भूमि फिर्ता गर्‍यो (हेर्नुहोस भिडियो सहित)

भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूभाग भारतद्वारा मिचिएको प्रमाणित भएको थियो । अर्ररा नदीपारिको वन क्षेत्र, नदी तथा खेतसमेत नेपालको भूमिमा परेको छ ।

हेर्नुहोस भिडियो