Monday, October 18

यसरी लिनुस् डबल डिस्क पल्सर १५० शून्य प्रतिशत ब्याजमै

2020-12-20 739

काठमाडौं । नेपाली बजारमा उपलब्ध बजाजको लोकप्रिय बाइक पल्सर १५० टीडी अर्थात ट्विन डिस्क धेरै राइडरको रोजाईमा छ ।

ट्विन अर्थात डबल डिस्क ब्रेकयुक्त यो बाइकको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ छ ।

बजाजको नेपाली बजारका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हाल शून्य प्रतिशत ब्याजदरमा बजाजका बाइक उपलब्ध गराइरहेको छ ।

यद्यपि यसका लागि शुरुमा मूल्यको ५० प्रतिशत रकम भने बुझाउनु पर्छ ।

यसका आधारमा बजाज पल्सर १५० टीडी लिनका लागि ५० प्रतिशत रकम अर्थात १ लाख ३६ हजार ९५० रुपैयाँ बुझाउनु पर्छ ।

बाँकी रकम १८ महिना सम्म ७ हजार ६०८ रुपैयाँको दरले बुझाउन सकिन्छ ।

पहिलो महिनामै पहिलो किस्ता समेत बुझाउनु पर्ने भएकाले ५० प्रतिशत रकमका साथै पहिलो महिनाको किस्ता ७ हजार ६०८ रुपैयाँ समेत बुझाउनु पर्छ ।

त्यसैगरी सेवा शुल्क, नामसारी शुल्क, फाइनान्समा खाता खोल्दा लाग्ने रकम र फुल इन्स्योरेन्स समेत गर्नका लागि आवश्यक शुल्क लाग्छ ।

यसका आधारमा पहिलो महिनामा ५० प्रतिशत डाउन पेमेन्ट वाहेक करिव २३ हजार रुपैयाँ समेत बुझाउनु पर्ने कम्पनी स्रोतले बताएको छ ।

मोटरसाइकलको स्पोर्ट सेग्मेन्टमा नयाँ आयाम थप्नको लागि पल्सर १५० ट्विन डिस्क को डिजाइन गरिएको बताइएको छ ।

यसमा रहेको १५० सीसी डीटीएसआई इन्जिनले दिने १४ पीएस पावरले ग्राहकको दैनिक जीवनमा रोमाञ्चक एवं आरामदायी यात्राको सुनिश्चितता प्रदान गर्ने कम्पनीको दावी छ ।

त्यसैगरी यसमा आधुनिक एवं आकर्षक डिजिटल मिटर छ । यसमा भएको ट्विन डिस्क ब्रेकले ब्रेकिङ क्षमता बढाउछ ।

पल्सर १५० ट्विन डिस्कमा भएको नाइट्रोक्स सस्पेन्सनले आरामदायी सवारीको सुनिस्चितता गर्छ ।

त्यसैगरी डीसी इग्निसन तथा लाइटिङ सिष्टमले सजिलो स्टार्ट र एकनाशको प्रकाशको लागि आवश्यक कार्य गर्छ ।

यसमा भएका फराकिला ट्युबलेस टायरले अझ राम्रो रोड ग्रिप कायम गर्नुका साथै सुरक्षाको लागि समेत सहयोग पु¥याउछन् ।

प्रतिकृया दिनुहोस्