काठमाडौं – गीत संगीतको क्षेत्रमा वुद्धिसागर बस्यालको आफ्नै पहिचान छ । उनी लोक गीत र दोहोरीमा निकै चर्चित गायक हुन् । शुक्रवार वुद्धि सागरले एक निकै मार्मीक गीत सार्वजनिक गरेका छन् । वैदेशिक रोजगारीले पारेको प्रभावलाई गीतमा मार्मीक ढंगले प्रस्तुत गरिएको छ ।
दुलहीको माया नामको गीतमा चितवनको पदमपुर गाउँ भन्दै परिचय दिइएको छ । जसका गायक तथा मोडल दुर्गेश थापाले गीतमा कलाकारको भूमिका निभाएका छन् । उनलाई इस्तु कार्कीले साथ दिएकी छन् ।
बुद्धि सागरले आफ्नो अफिसियल युट्युव च्यानलवाट सार्वजनिक गरेको गीतमा केही बेरमै निकै राम्रा र सकारात्मक प्रतिकृया आएका छन् । वुद्धि सागरकै श्वर रहेको गीतमा गायीका देवी घर्तीले पनि साथ दिएकी छन् ।
नेपालमा विवाह गरेर श्रीमती छोडेर विदेश गएका युवाहरुको भावनालाई गीतमा समेटिएको छ । प्रकाश भट्टको निर्देशनमा निर्माण भएको गीतको शब्द भने एकनारायण भण्डारीका हुन् ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्