Saturday, June 6

बाबा खोज्दै नेपाल आएकी विदेशी चेली रवीको सरणमा ….हेर्नुहोस (भिडियो सहित)

काठमाडौं । केही समय अघि हामीले कश्मीरकी मेहक बानुले आमालाई खोज्दै आएको रिपोटृ प्रशारण गरेपछि १२ बर्षपछि उनकी आमा उषा थापासँग भेट भएको थियो । मेहक बानुकी आमा भेटिएको समाचार थाहा पाएपछि जर्मीनकी आईसा देवी ईन्ज पनि आफ्ना बाबु खोज्दै हाम्रो कार्यालय आएकी छन् ।

उनका बाबु १९८० को दशकमा बसन्त कुमार गुरुङ स्वीजरल्याण्ड घुम्न जाँदा उनकी आमासँग प्रेम सम्बन्ध भएपछि आँफू जन्मिएको उनि बताउछन् ।आफ्नो बुवाको अनुहार समेत नदेखेकी उनलाई बुवा हेर्न मन छ । बुवासँग बोल्न मन छ । हजुरआमाको काखमा हुर्किएकी उनकी आम स्विजरल्याण्डमा भएपनि उनी आफ्नो श्रीमानसँग जर्मनीमा बस्छन् ।

अहिले भने उनलाई आफ्नो परिवारका सबै सदस्य सँगै हुन मन छ । आमालाई बुवा भेटाउन मन छ । आफ्नो र बाबुको पहिचानको सँगै दुई देशको संस्कार जोड्न पनि बाबुलाई खोजिरहेको उनी बताउँछन् ।बाबुको एउटा फोटो र उन्का बुवाले सही गरेको यो पत्र मात्र छ उनिसँंग । बाबुको वास्तविक अनुहार समेत नदेखेकी उनले बाबुलाई भेटेर जिन्दगीका कथा व्याथा बाँड्ने सपना भने देखेकी छन् ।कतिसम्म भने उनले आफ्नो बुवाको सम्झनामा हातमा ट्याटु पनि हानेकी छन् ।

मेहेक बुनु जस्तै आईसालाई पनि आफ्नो बुवा भेटिनेमा पुरा विश्वास छ । कतिसम्म भने उनकी छोरीपनि हजुरबालाई भेट्न हतारिएकी छन् । भिडियो हेर्नुहोस…

 

-न्यूज२४नेपालबाट।