Saturday, October 24

न बाबा छ घरमा न आमा, दिदीहरु भनेका साच्चिकै आमा समान हुदोरहेछ…. सक्दो सेयर गर्नुहोला !

आज म गाउँ गएको थिए,यी दिदी भाइ हुन् ! आज म लगाएत मेरा ३/४ जना साथीहरु उनीहरुको घरमा पुगेका थियौ ! घरमा अरु ठुला अभिभावक कोहि थिएनन् ! यी दिदी भाइ हेर्दा जुम्ल्याहा जस्तै देखिन्थे…! मेरा अरु साथीहरु गफको तालमा हुनुहुन्थ्यो ! म यी दिदी भाइको गतिविधि हेरिरहें….!

 

उनीहरु स्कुलबाट आएर दिदीले झण्डै आफू समानको भाइको लुगा खोलेर अर्को लुगा यसरी लगाइदिइरहेको हेरिरहें र त्यहाँ म संग जाने साथीहरूलाई सोधेँ ! उनीहरुको आमाले छोडेर दोस्रो बिहे गरेको झण्डै १४/१५ महिना भएछ। आफ्नो बाबा बिदेशमा हुनु हुन्छ, विदेश गएर मात्रै पनि कमाइ हुने होइन !

मैले पहिले सोध्दा पनि त्यति कमाइ छैन दिदी भन्नू हुन्थ्यो!मैले देखेर चिने जानेकै भाइ उनीहरुको आमा पनि म गाउँ मा हुँदा सम्म अत्यन्तै सोझी र इमान्दारी थिइन्।

बिचरी ती दिदी ले त्यो भाइलाई यस्तो गर्दै गर्दा मलाई लाग्यो साच्चिकै दिदीहरु भनेका आमा समान हुन्छन् रे…! भनेको सांच्ची हो रहेछ जस्तो लाग्यो !

भाइलाई लुगा फेरी जुत्ता खोजेर लगाइदिएर यी दिदीले भाइलाई खेल्न डाेर्याएर लिएर जान लागेकी थिइन् मैले नानी ! भाइको नाकमा आच्ची पनि पुछिदेउ भने पछि फेरि एउटा कपडा को टुक्रो खोजेर सी गर भाइ भन्दै मज्जाले सिंगान पुछेर डाेर्याएर खेल्न लिएर हिडिन् !

मलाई साह्रै दया लागेर आयो नानू पढ्न साह्रै सिपालु छिन् रे ! अब त्यो भाइको स्याहार सुसार गर्दा पढ्न पाउलिन नपाउलिन ती सानी नानुले….! मैले सोचिरहें….! घरमा हुने अरु अभिभावकले पनि त्यति वास्ता गर्दैनन् भन्ने सुनेको छु !

आजभोलिको हाम्रो समाजमा मान्छे किन स्वार्थी छन् ? पैसालाई मात्र माया गर्न जानेका छन्, तर मानवलाई दानव ब्यवहार गर्छन् ! कोहि महिलाले बालबच्चा छोडेर हिड्ने नगर्नु र आमाले छोडेर गयो भन्दैमा अरुले हेला पनि नगर्नु होला….! बाल अधिकारकर्मीहरु कहाँ के गर्दै हुनु हुन्छ होला? यस्ता बालवालिकाको अधिकार मा थप सहयोग मिल्ने खालको कार्यक्रम ल्याउनु पर्यो…..! आफ्नो जागिर र भत्ता पचाउने काम मात्रै नगर्नु हुन अनुरोध गर्दछु !