Saturday, March 25

आज लक्ष्मी पुजा: यस्तो रह्यो नेपाली कलाकारहरूको लक्ष्मी पुजा (तस्वीरहरू सहित)

2020-11-14 2006

हिन्दु नेपालिहरुको दोश्रो ठूलो चाडको रुपमा रहेको तिहारको आज अर्थात सनिवार तेस्रो दिन । हिन्दु नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन् ।

यस्तैमा नेपाली कलाकारहरुको लक्ष्मी पुजाको रौनक पनि राम्रै देखिएको छ । पुजा शर्मा, करिष्मा मानन्धर, केकि अधिकारी, प्रकृति श्रेष्ठ, प्रमोद खरेल, सुनिल थापा, सुहाना थापा लगायतले लक्ष्मी पुजा पश्चात् तस्वीरलाई सामाजिक संजालमा साझेदार गरेका छन् ।

औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ । पहिले दियोको प्रकाशबाट उज्यालो पारिन्थ्यो भने अहिले बिजुलीका बत्तीहरुको प्रकाशबाट पनि उज्यालो पारिन्छ ।

आजको दिन देशैभर हरेकको घरघरमा झिलिमिली बत्तीले उज्यालो देखिएको छ । घर, पसल, व्यापार व्यवसाय र उद्योगमा बत्तीको झिलिमिली देखिन्न सकिन्छ ।

र आजैको दिनबाट धेउसी भैलो खेल्ने पनि सुरु हुन्छ । तर, यसपटक भने कोरोनाका कारण धेउसी भैलो खेल्न सम्भव भएन ।

हेर्नुस् कलाकारहरूको लक्ष्मी पुजा तस्वीरहरु:

प्रतिकृया दिनुहोस्