Friday, September 25

७ दिन देखि हराएका जोन तामाङ फेला परे

काठमाडौँ । सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी जोन तामाङ आज जिवितै फेला परेका छन्।

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए । तामाङलाई आज हराएकै स्थान फुलचोकीको सेतो तगेरोको खाल्डोमा नेपाल आर्मीले फेला परेको हो।बुधबार साँझ लगभग साढे ५ बजेतिर उनलाई नेपाल आर्मीको टोलीले उनलाई उद्धार गरेको हो। ७ दिनदेखि हराएका तामाङको तिब्र रुपमा खोजि कार्य भै रहेको थियो।

bigul newsबाट।