Thursday, October 1

कस्ले पत्ता लगायो जोनलाई ? कस्तो अवस्थामा थिए ? जोनलाई बि एण्ड बि अस्पताल भर्ना…

राजधानी आसपासका क्षेत्रसँगै देशका विभिन्न स्थानमा गत विहीबार हिउँ पर्यो। विद्यार्थीहरुले हिउँ खेल्न र हाइकिङका लागि फुलचोकी रोजे।विद्यालय प्रसाशनसँग आग्रह गरे। ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनले कक्षा ६ का विद्यार्थीहरुलाई विहान फुलचोकी लिएर गयो।

हाइकिङका साथै दिनभर हिँउ खेलेपछि फर्कने क्रममा १७ वर्षीय जोन तामाङ एकाएक हराए।अबेरसम्म खोजी भयो तर उनी भेटिएनन्। जोन हराएपछि विद्यालयले ललितपुर प्रहरीलाई जानकारी गरायो।प्रहरी र जोनका आफन्तले खोजे तर घनघोर जंगलमा भेटिएनन्। तर बुधबार साँझ प्रहरीलाई खबर आयो। हाइकिङमा जानेहरुले प्रहरीलाई फोन गरे।

जंगलको खोल्सामा एक जना किशोर देखिएको छ। उनलाई हामीले उद्धार गर्न सकिरहेका छैनौं।खबर पाएलगत्तै ललितपुर प्रहरी परिसरका एसएसपी गणेश ऐरले सातदोबाटो वृत्तका डिएसपी विनोद सिलवालसहित चिकित्सकको टिमलाई त्यहाँ पठाए।

 

फुलचोकीमा सवारी साधन पार्किङ गरेर डेढ घन्टा हिँडेपछि प्रहरी किशोर भएको स्थानमा पुग्यो साढे ६ बजेतिर । प्रहरीले साढे ७ बजे मात्र खोँचमा अर्धचेत अवस्थामा उनलाइ भेट्यो।खान नपाएर र चिसोले उनी थलिएका थिए। उनको ज्यान हल्का सुन्निएको छ।

 

प्रहरीसँगै त्यहाँ पुगेको टिमले प्राथमिक उपचार थाल्यो। उनलाइ ल्याएर बिएण्डबी अस्पतालमा भर्ना गरियो।६ दिनपछि जोन भेटिदाँ उनको परिवारजन तथा आफन्त खुसी भएका छन्। प्रहरीका अनुसार जंगलको पनि सबैभन्दा खतरापुर्ण स्थानमा जोन भेटिएका हुन्।

 

जोनको घर धरान हो । उनी आफ्ना अभिभावकसँग थसिखेलमा बसेर पढ्दै आएका थिए।हाइकिङका लागि त्यहाँ जानेहरुले बाटोको रुट पत्ता लगाउन नसक्दा वर्षेनी २ देखि ३ जना मानिसहरु जंगलमै हराउने गरेका छन्। स्रोत : साझा पेज