Saturday, June 3

सियोना श्रेष्ठलाई बचाउन शिशिर भण्डारीले गरे लाखौं सहयोग, अहिलेसम्म कति करोड उठ्यो ? (भिडियो हेर्नुस)

2020-12-21 1618

१३ महिनाकी बालिका सियोना श्रेष्ठको उपचारका लागि नेपाली सेलिब्रेटीहरुले पनि आफ्नो तर्फबाट सकेको आर्थिक सहयोग गरिरहेका छन ।

विश्वमा छरिएर रहेका नेपालिहरुले दिल खोलेर आर्थिक सहयोग गरिरहेको अवस्थामा मोडल, सन्चारकर्मी तथा समाजसेवी शिशिर भन्डारीले पनि आर्थिक सहयोग हस्तान्तरण गरेका छन सियोना बचाउका लागि उनले अभियान चलाएका थिए ।

सो अभियानबाट संकलन भएको १० लाख ५६ हजार ४५० रुपैया हस्तान्तरण गरेका हुन । सो रकम उनले नया नया न्युज नेपालको स्टुडियोबाटै सियोनाको मामा भिम राज तामाङलाई हस्तान्तरण गरेका हुन ।

उनले सो रकम सियोनाको सहयोगको लागि खोलिएको बैक अफ काठमाण्डुको खातामा जम्मा गरिसकिएको पनि जानकारी गराएका छन । यस्तै यसअघि पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले पनि सियोनाको जीवन रक्षाको कामना गर्दै आर्थिक रकम सहयोग गरिसकेकि छन उनले आफ्नो ब्यक्तिगत तर्फबाट २० हजार सहयोग गरेकि थिइन ।

सियोनाको उपचारका लागि २५ करोड रुपैयाँ आवश्यक पर्छ । जसमध्ये १५ करोड ३१ लाख भन्दा बढी रकम संकलन भैसकेको सियोनाको बुवा सन्दिप श्रेष्ठले हामिलाई बताए ।

भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्