Thursday, October 1

एक हफ्ता पछि जोनको उद्दार : पहिला झोला भेटि्टयो, त्यसपछि झाडीमा अडि्कएका जोन, जब उनलाई भेटेर नाम सोध्दा यसो भनेका थिए जोनले (भिडियोसहित)

ललितपुर १६ माघ । हाईकिंगमा गएका जोन तामांग बुधबार फुलचोकी जंगलमा भेटिएका छन् । उनी फुलचोकी जंगलको पहाडी खोंचमा अर्धचेत अवस्थामा भेटिएको उनलाई भेटाउने रेस्क्यु टीमका चन्द्र आलेले बताए ।

बुधबार १८ जनाको रेस्क्यु टीम जोनको खोजीमा ललितपुरको फुलचोकी जंगलमा जाँदा उक्त टीम मध्यका चन्द्र आलेले जोनलाई भेटेका हुन् । चन्द्रका अनुसार जोन डेन्जर एरियाबाट ४ सय मिटर तलको पाहाडी खोंचमा अडिएको अवस्थामा भेटिएका थिए ।

फुल्चोकी डाँडाबाट समूह बाँडेर झर्ने क्रममा ओलेको टोलीले सुरुमा एउटा झोला भेट्टाएको थियो । सुरूमा त जंगलको बीचमा भेटिएको झोलामा के के छ भन्ने लाग्यो । तर, खोलेर हेर्दा एउटा पेन र चच्चा भेट्टियो ।

नजिकै केही धसारिएको जस्तो देखिन्थ्यो । छेउमा टिफिनबक्स पनि थियो । उद्धारकर्ता चन्द्र आलेले भने, ‘अलि तल मानिस लडेको जस्तो लाग्यो । फोटोको टोपी हेर्दा हन्ड्रेड पर्सेन्ट जोन हो भन्ने लाग्यो ।’

उनका अनुसार जोन झाडीमा अडि्एका थिए । सुरुमा भेट्दा अचेत जस्तो देखिएका जोनलाई उद्दारकर्ताहरुले बोलाए । उनले आँखा खोले र बेस्सरी रोए । ‘तिम्रो नाम जोन हो भन्दा टाउको हल्लायो । अनि हामीले पानी र विस्कुट दियौं’ उद्दारकर्ता भने ।

 

जोनलाई भेट्ने बित्तिकै फोटोको आधारमा आफुले चिनेको चन्द्रले बताए । चन्द्रले भने,“मैले उस्लाई भेटेपछि बोलाएँ । उस्ले सानो स्वरमा हँ मात्र भन्यो त्यसपछि मैले आफुसंग भएको पानी उस्लाई खान दिएँ ।” चन्द्रले थप्दै भने,“पानी खाएको केही समयपछि मैले कुकिज खान दिएँ । उस्ले खायो र मसंगै गएको अर्को साथी र मैले उस्लाई बोकेर जंगलबाट उद्धार गर्न सफल भयौं ।”

चन्द्रका अनुसार सात दिनसम्म बेपत्ता भएका जोनको अवस्था सामान्य नै मान्न सकिन्छ । उनको उपचार अहिले ललितपुरको वि एण्ड वि हस्पिटलमा भैरहेको छ । उपचारमा खटिएका डक्टरहरुले जोनलाई भेट्न नदिएका कारण जोनको अवस्था कस्तो छ भन्ने विषयमा खासै केही भन्न नसकिएको अवस्था हो ।

स्रोत :-लाइटनेपालबाट